फोहर कसिङ्गर सम्पूर्ण बढारेर फाल्नु पर्छ
अन्यायका विरुद्ध कठोर कदम चाल्नु पर्छ
जति राख्यो त्यती बढ्ने विकृतिका थुप्रोहरू,
वर्षेझरीले पखालेसरि खलक्क पखाल्नु पर्छ
चट्टान जस्तो साह्रो हुन खोज्ने ती मनमुटुलाई,
आगोको तातोमा धातु गाले सरह गाल्नु पर्छ
सद्दे रूख बिगार्न उम्रेका ऐजेरुहरू छन् कति,
डढाउनकै निमित्त संघर्षको राँको बाल्नु पर्छ
मुसाहरूले झैँ खोलेका प्वालै प्वाल छन् यहाँ,
खोजीखोजी ती सम्पूर्ण प्वालहरू टाल्नु पर्छ
रवि श्रेष्ठ, सन्धिखर्क(१, अर्घाखाँची,
हाल, बुटवल, रुपन्देही,नेपाल