आफ्नो भन्नु पनि बेकार रैछ,आफ्नोले नै गर्छन् बात धेरै
जति बेला कठिन समय आउने गर्छ त्यही बेला घात धेरै
खुट्टा तान्ने गर्छन् अझै मौका पर्दा धोखेबाज नेताले जस्तो,
यहाँ त अप्ठ्यारोमा हँसाउने भन्दा रुवाउनेको जमात धेरै ।।
गरिने कर्म, कमाउने धर्म जिन्दगीको सार बन्न सक्छ
पाप गर्ने अहम् देखाउने आफ्नै लागि भार बन्न सक्छ
समय सधैँ बलियो र कसैको अधिनमा हुँदैन महाशय,
कुनै दिन समय नै, घमन्ड देखाउनेको हार बन्न सक्छ ।।
कहिले सुनचाँदी भए तिनै डाँका, कहिले हिरा भए
तरकारीमा राख्ने नुनतेलसँगै मसलारूपी जिरा भए
जब मौकामा चौका हानि ठाउँमा पुगे उनीहरू,तब,
रगत चुस्ने जुका र हानी पु(याउने विषालु किरा भए ।।।
रवि श्रेष्ठ, सन्धिखर्क–१, अर्घाखाँची,
हाल, बुटवल, रुपन्देही,नेपाल १