काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नं. ३ महाँङकालथानमा साबुन बनाउने सम्बन्धि तालिम मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले तालिमको उद्घाटन गरेको थियो ।
स्थानिय आविष्कार केन्द्र बेथानचोक काभ्रेको सहकार्य र बेथानचोक गाउँपालिका वडा नम्वर ३ को आयोजन र उधोग वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनमा कार्यक्रम उद्घाटन गरिएको थियो ।
तालिमको उदघाटन गर्दै अध्यक्ष भगवान अधिकारीले महिलाहरूलाई आत्म निर्भर हुनेमा विश्वस्त रहेको बताए । अध्यक्ष अधिकारीले बेथानचोक गाउँपालिकाले महिलाहरुलाई कार्यक्रममार्फत महिलाहरूको सशक्तिकरण, आयआर्जन तथा शिक्षा स्वास्थ्यकोे क्षेत्रमा विभिन्न गतिविधि गरिरहेकोे जानकारी समेत दिएको छ ।
तालिमको उदघाटन शत्रमा वडाध्यक्ष कुबेर ढकालले स्थानिय स्तरमै तालिम दिएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने समेत वताए । तालिमले महिलाहरूलाई समेत रोजगारीको सिर्जन हुने छ । यस तालिमले गाउँमा सबैलाई रोजगारीको सुबिधा हुने र यसले गाउँको विकास हुनेमा समेत सहयोग हुने ढकालले वताए ।
तालिम उद्घाटन संगै वडा अध्यक्ष ढकालले महिलाहरूलाई साबुन निर्माण गर्ने सीप संगै , साबुन उधोग संचालनका लागि आवश्यक बजार विश्लेषणबारे पनि अभिमुखिकरण गरिने बताएका छन् ।
तालिममा उधोग तथा वाणिज्य कार्यालयका प्रमुख यज्ञ बहादुर ओली, स्थानिय आविस्कार केन्द्रका अध्यक्ष पदमलाल तिमल्सिना, स्थानिय आविस्कार केन्द्रका सचिव प्रतिक्षा आचार्य,बेथानचोक वडा नम्वर ३ का वडा सदस्य चरिमाया तामाङ लगाएतको उपस्थिति रहेको थियो ।