काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकामा आइतबार गृहणी महिला सीप मुलक तालिम र नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रमको उदघाटन भएको छ ।
वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारीमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक तालिममा उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालिम र राष्ट्रिय युवा परिषदको सहयोग र अग्रसर समाज नेपालको आयोजनामा खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय ४ दिने नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रमको उद्घाटन खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द बहादुर थिङ ( छिन्ताङ)ले गरेको थियो ।
बेरोजगारीहरुको डाटा संकलन गरि महिलाहरुलाई सीप मुलुक तालीम स्थानीय महिलाहरुको निवेदनको आधार आवश्यकता अनुसार स्थानीय उत्पादन गर्ने उदेश्यले साबुन र अचार बनाउने तालीमसंगै युवाहरूलाई बिदेश जनाबाट रोकावट गर्ने उदेश्यले नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम संन्चालन गरेका अध्यक्ष थिङले बताए ।
सीप सिकेर आत्म निर्भर रहने गरि सीपको सदुपयोग गर्ने युवा प्रशिक्षण कार्यक्रमले परिवर्तन आउने स्थानीय उत्पादन संगै युवामा जोसजगारका साथ अघि बढने आशा लिएसंगै तालीमले स्थानीय उत्पादन खरिद हुनु पर्ने थिङ्ले धारणा समेत व्यक्त गरे ।
यस तालीमले खानिखोलाका माहिला तथा युवाहरुमा उत्साह स्थानीय उत्पादन सीपको मुल्यांकन सहयोग दाता बागमती प्रेदेश सरकार पालिका सरकारको समन्वय र सहकार्य आयोजक टिम लगाएको तालिमको महत्त्वलाई प्रशिक्षकहरुले माध्यनजरमा राखी सीप र प्रशिक्षणको सदुपयोग हुने विश्वास लिएको प्रशासकीय अधिकृत जीवन गैरेले बताए ।
राष्ट्रिय युवा परिषदको सहयोगमा अग्रसर समाज नेपालको आयोजना खानिखोला गाउँपालिकाको समन्वयमा पालिका स्तरीय ४ दिनको नमूना युवा गाउँ सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा ३५ जना सहभागी रहेको छ । वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सहयोगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगारका लागि १५ दिने साबुन बनाउने तालीममा वडा नः ४ मा अचार बनाउने २५ जना महिला सहभागी वडा नः ५ र ६ का गरि ५० जना सहभागी रहेको थियो ।
कार्यक्रममा सामाजिक बिकास संयोजक वडा नः ४ अध्यक्ष निशान मोक्तान, पुर्वधार बिकास संयोजक वडा नः ५ अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी महिला नेतृ मिना पाखृन, मनिता थिङ, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल ,खेलकुद शाखा संयोजक प्रेम प्रकाश लामा, शिक्षा सहजकर्ता होम बहादुर वाइवा , खेलकुद सदस्य रुपेश लोप्चन , टिका थिङ कार्यक्रमका सभापति जागरण नेपाल अध्यक्ष लक्ष्मी पाखृन, अग्रसर समाज नेपालका अध्यक्ष निर्मला गौतम कार्यक्रम संन्चालन शिक्षा शाखा प्रमुख चक्र बहादुर थापा र सृजना थिङ्ले गरेका थिए ।
।