काभ्रे : जिल्लाको खानीखोला गाउँपालिका वडा नं. २ फलामेटारमा पलान्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उद्घाटन सत्र कार्यक्रम खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएकोे छ ।
खानेपानीको ठेक्का सम्झौता गरी समयमा सकाउने श्रीजना कन्स्ट्रक्सनलाई अध्यक्ष थिङले धन्यवाद समेत व्यक्त गरे । त्यससँगै खानिखोलाले हरेक वर्ष निर्माण ठेक्दारलाइ राम्रो काम गर्ने समयमा निर्माण सम्पन्न गराउने निर्माण व्यवसायलाई सम्मान गरि आएको र यसपाली भने श्रीजना कन्स्ट्रक्सनलाइ सम्मानको बागेधारी हुने समेत बताउनु भयो ।
खानेपानी आयोजनालाई उपभोक्ता समिति गठन गरि खानेपानीलाई नियमित वनाउन वडावासिहरुलाई अनुरोध समेत गरेका छन् । खानीखोलाका सातै वडामा एक घर एक धारा बनाउने पालिका सरकारको निति समेत रहेको अध्यक्ष थिङ्ले जानकारी दिनुभयो ।
मानविय जीवनमा पानीको आवश्यकता महत्वपूर्ण रहने र यो अयोजना समय सिमा भन्दा अधि काम सम्पन्न गरेकोमा प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले खुसीसंगै धन्यवाद व्यक्त गरेका थिए, अवका दिनमा राम्रो काम गर्नेलाई प्रोत्साहण सहित सम्मान गर्ने प्रतिवद्वता समेत जनाए ।
विकास धेरै आउने गर्छन तर पनि खानेपानी आयोजना मानवीय जिवनमा अति आवस्यकता रहेको फलामेटार बासिहरुमा समय सिमा भित्र काम सम्पन्न गरि खानेपानी घर घर सम्म पुगेकोमा वडा नं. ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तानले खुसी व्यक्त गरे ।
वागमती प्रदेशको विशेष अनुदानमा रु १ करोड लागत रहेकोमा श्रीजना कन्स्ट्रक्सनले ५८ लाखमा ठेक्का पारी काम गरेका थिए । खानेपानी आयोजना समय सकिनु अगावै कन्स्ट्रक्सनले फलामेटारका ५२ घर धुरीमा खानेपानी पुर्याएको थियो । खानेपानी संन्चालन भएसंगै स्थानिय वावुलाल घलानल खुसीले खशि व्यक्त गरे ।
यसै गरि कार्यक्रममा बिशिष्ठ अतिथी प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, लेखापाल बम काजी शेर्पाली ,इन्जिनियर अनमोल आचार्य वडा नं. ५ का अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, ४ का अध्यक्ष निशान मोक्तान , समाजसेवी मिना पाखृन , कार्यक्रमका सभापति वडा नं. २ का अध्यक्ष दसरथ थिङ् रहेको थियो । कार्यक्रम संन्चालन वडा सचिव राम कृष्ण अर्यालले