काठमाडौँ : चिचिला गाउँपालिका–३ सोलाखानी सङ्खुवासभामा पहिरोले पुरिएर दुईजना घाइते र एक जनाको मृत्यु भएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी मृत्यु भएको छ। मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएको प्रहरीले जनाएको छ।
सबै जना निदाएको बेला पहिरो खसेको हो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन्।