पानी परोस छाता नहोस, केही छैन
संगै होस कुनै नाता नहोस,केही छैन
सफा मनमा सफा मान्छेकै बास होस
मेरै कारण गाला राता नहोस, केहि छैन ।।
साहुको ऋणले कोहि मुग्लान छिर्नु नपरोस
माया देखाउनलाई मुटु नै चिर्नु नपरोस
हरेक चिजमा कर तिरेकै होनि सरकार१
हावामा पाइने अक्सिजनलाई नि पैसा तिर्नु नपरोस ।।।
मनमा चोट नभएको भए
भाग्यमा खोट नभएको भए
मुनामदन यति चर्चित हुने थिएन
मायामा बिछोड नभएको भए ।।।
ज्ञान जिम्वा रोशि ५ काभ्रे