काभ्रे : जिल्लाको बेथानचोक गाउापालिकामा बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पाँचौं बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
‘सक्षम खेलाडी, प्रतिस्पर्र्धी खेलकुद’ भन्ने नारालाई सार्थक तुल्याउन आयोजित प्रतियोगिता खेलमा खानीखोला गाउँपालिका प्रथम मण्डनदेउपुर नगरपालिका दोस्रो त्यसै गरि बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिका तेस्रो हुन सफल भएको छ ।
प्रथम स्थान हासिल गर्नेलाई नगद पुरुस्कार ८० हजार द्धितीय पुरुस्कार ५० हजार र तृतीय पुरुस्कार २०÷२० हजार गरी ट्रफी मेडल र प्रमाणपत्र समेत प्रधान गरिएको छ ।
खेलमा बेष्ट डिफेन्स, बेष्ट सटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर गरी सर्वोत्कृष्ट खेलाडीहरुलाइ आकर्षक पुरुस्कारको समेत प्रधान गरिएको छ ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउन गाउँपालिका प्रतिबद्ध भएको बताए । खेलले भाइचार बढाउने बताउँदै उनले सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको र यसले पालिकाका खेलाडीको खेल कौशललाई थप निखार्दै विभिन्न प्रतियोगितामा पालिकाको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका स्वास्थ्य तथा खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले गाउँपालिकको स्थापनासँगै भलिवल प्रतियोगिता निरन्तर प्रतियोगिता गर्दै आएको बताए । उहाँले बेथानचोक भलिबलका लागि संभावना बोकेको क्षेत्र भएकाले गाउँपालिकाले अन्य खेलकुदका साथै भलिवलका लागि लगानी समेत गरेको बताए ।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, वडा नं. १ वडा अध्यक्ष मधुसुधन तिमल्सिना, वडा नं. ५ का वडा अध्यक्ष राज कुमार वाईवा खानीखोला गाउँपालिका ७ का वडा अध्यक्ष राम मोक्तान,मण्डनदेउपुर नगर पालिका उपप्रमुख विष्णुमणी नेपाल बेथानचोक गाउँपालिका पूर्वअध्यक्ष गोपालबहादुर तिमल्सिना, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।