काभ्रे : जिल्लाको खानीखोला गाउँपालिकामा बागमती प्रदेश स्वास्थ्य मन्त्रलय, स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय, काभ्रेको आयोजनामा र खानीखोला गाउँपालिकाको समन्वयमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्धधन अभियान अन्तरगत गाउँपालिका केन्द्र तालढुङ्गामा २ दुई दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
जेठ ८ र ९ गते संचालन भएको शिविरमा चिकित्सक हाडजोर्नी, नाक, कान, घाटी, आँखा, दात,स्त्री रोग,प्रसुती छाला रोग सम्बन्धि चिकित्सकले स्वास्थ्य परिक्षण गरि उपचार र परामर्श सेवा प्रदान गरि निशुल्क औषधि वितरण सहित ४ सय ५८ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक तथा जनस्वास्थ्य कार्यालय काभ्रे परिवार नियोजन अधिकृत पधराज कैनिले जानकारी दिए ।
स्वास्थ्य शिविर उदघाटन गर्दै प्रमुख अतिथि खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ( छिन्ताङ) ले बिकास पुर्वाधार हिसाबले विकटताले भएको ठाउँ गाउँपालिका स्वास्थ्य शिविर आयोजना गरेकोमा जनस्वास्थ्य कार्यालय काभ्रेलाई धन्यवाद व्यक्त गर्नुभयो ।
जनस्वास्थ्य कार्यलय प्रती आभार प्रकट गर्दै सामाजिक विकास संयोजक वडा नः ४ का अध्यक्ष निशान मोक्तानले जनताको स्वास्थ्यलाई मध्यनजर गरि उतरदायी भएर यो शिविर संचालन गरेको बताए ।
स्थानीयहरुको स्वास्थ्य समस्याको पहिचान गरि समाधान हुने विश्वासका साथ यो शिविर संचालन भएको व्यक्त गर्दै गाउँपालिकाले समन्वय र सहकार्य गर्ने प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले बताए ।
एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्धधन अभियान अन्तरगत विकट क्षेत्रमा यो सेवा दिने उद्देश्यले शिविर संचालन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति क्षेष्ठले बताइन ।
विभिन्न विद्याको डाक्टरहरुले शिविरमा सेवा दिएका खानिखोला गाउँपालिका स्वास्थ्य शाखा निमित्त प्रमुख दुतराज थापा मगर सहित ताल्ढुङ्गाका स्वास्थ्य कर्मिहरुको टोलीले सेवा दिएका छन् ।