खानिखोला काभ्रे : जिल्लाको खानिखोला गाउँपालिका वडा नः २ फलामेटारमा वृद्ध भत्ता, छाता र लौरो वितरण गरेका छन् ।
बिहिवार गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा जेष्ठ नागारिक, एकल,विद्युवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो वितरण गरेका छन् ।
तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरु जेष्ठ नागारिक ,एकल ,विद्युवा,पुर्ण अपाङ्गगता भएकाहरुलाई वृद्ध भत्तासंगै छाता र लौरो बितरण गरेका छन् । जम्मा वृद्ध, एकल, विद्युवा, पुर्ण अपाङ्गगता गरी १३३ जना रहेकोमा ७६ जना वृद्ध आमा, बुवालाई आज छाता र लौरो वितरण गरेको हो ।
जनताको काम गर्ने क्रममा सिस्टमको समस्यले गर्दा वृद्ध भत्ता ढिला भएतापनि जनताको घर र वडा बाटै सेवा दिनकालागी पालिका सरकार उपस्थित भएको उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए ।
वडा अध्यक्ष दशरथ थिङ्ले वडाबाटै वृद्ध भत्ताको सेवा दिन पाउँदा धेरै खुसी भएको खुसी व्यक्त गर्दै आफू निर्वाचित भए पश्चत यो जनताको लागि धेरै राम्रो काम भएको जनताको समस्य र मतको कदर गर्दै जनताको सेवामा सदाबहार आफ्नो कार्यकाल विताउने प्रतिबद्धता समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष दोर्जेमान जिम्बा, वडा अध्यक्ष दशरथ थिङ, पञ्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, एस वि आइ बैंकका प्रमुख बिनय अधिकारी, स्थानीय बुद्धिजीवी समाजसेवी जनप्रतिनिधि लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।