काभ्रे : खानीखोला गाउँपालिका र जन्त्र नेपाल काठमण्डौंको समन्वय र वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको आयोजनमा खानीखोला गाउँपालिका वडा नम्वर २ फलामेटरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
खानीखोला गाउँपालिका सदरमुकामबाट नजिकको जिल्ला भए पनि भौगोलिक हिसावले स्वास्थ्यमा पहँुच पुग्न नसकेको र यातायतको सुबिधको अभवका कारणले धेरै मानिस अस्पताल सम्मा पुगेर उपचार गर्न नसकेको समस्यलाई मध्यनजर गर्दै गाउँमै एक्स–रे, छातिमा समस्य दम,दीर्घ रोग, सुगर प्रेसर भएका बिरामीहरुलाइ विज्ञ डाक्टरद्धारा १२४ जनालाई सेवा प्रधान गरिएको थियो ।
निशुल्क स्वास्थ्य शिविरमा खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा शिविर सम्पन भएको छ । वडाभित्र रहेका विभिन्न किसिमका दीर्घ रोगहरुको पहिचान गरी निःशुल्क शिविर संचालन गरेको बताएका छन् । मान्छेको धन र सम्पत्ति भन्द पहिलो कुरा स्वास्थ रहनु हो । पालिका भित्र सबै वडाहरुमा हरेक किसिमका रोगको पहिचान गरी प्रदेश सरकार र जिल्ला जनस्वास्थ्य कार्यलयको सहयोग र पालिका सरकारको समन्वयमा सबै वडामा यो शिविर संचालन गर्ने अध्यक्ष थिङ्ले बताए ।
कार्यक्रममा वडा अध्यक्ष दशरथ थिङ, बेद प्रसाद आचार्य जिल्ला र काठमाडौ देखि आउनु भएका डाक्टर बाबुराम अधिकारी ,प्रमोद कार्की फलामेटार स्वास्थ्य चौकी इन्चार्ज दुधेराज मगर लगाएत वडाका स्थानीयहरुको उपस्थितिमा शिविर सम्पन्न भएको छ ।