काभ्रे : जिल्लाको खानिखोला गाउँपालिका वडा नः ४ जगथलीमा एकै दिनमा मिटर बक्स र वृद्ध भत्ता बितरण सम्पन्न भएको छ ।
खानीखोला वडा नम्वर ४ का वडा अध्यक्ष निशान मोक्ताले कार्यक्रममा उपस्तिथि सम्पुर्ण वडा बासीहरु सदबाहार जनताको समस्य सावधान र समस्यको उपचारमा लाग्ने र वडा बासीहरुले जिताएको र चुनावी अभियानमा दिएको प्रतिबद्धताका साथ अघि बढेर काम गर्ने र जनताको समस्यको सावधानमा लाग्ने प्रतिबद्धता समेत गरेको छ ।
खानिखोला गाँउपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथीले जनताको समस्यलाई माध्य नजर गरी मिटर बक्स र वृद्ध भत्ता बितरण गरेका छन् ।
सदरमुकाम देखि नजिकै भएको गाउँपालिका रहे पनि केन्द्रीय लाईन नजोडिएको खानिखोला वडा नः ४ मा लगभग २५० घर धुरी भएकोमा हाल वडा कार्यलयमा प्राप्त निवेदनको आधारमा ५६ जनालाई केन्द्रिय लाईनको मिटर बक्स वितरण गरिएको छ ।
यसै कार्यक्रमका विच तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता संगै छाता र लौरो बितरण समेत गरेका छन् । वृद्ध, एकल, विद्युवा, पुर्ण अपाङ्गगता गरी जम्मा १३० जना रहेकोमा ७० जनालाई छाता र लौरो उपाध्यक्ष ,दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे वडा अध्यक्ष निशान मोक्तान लगाएतको उपस्थितिमा वितरण गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी खानिखोला प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे , निशान मोक्तान ,प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल ,वडा सचीव कुल बहादुर गुरुङ, सामाजिक सुरक्षा भत्ताका संयोजक तथा पञ्जिकरण विभागका खगेन्द्र खुलाल , नर बहादुर थिङ, भरत लामा नेपाल एस बिआइ बैंकका कार्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।