बेथानचोक : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बेथानचोक खेलकुद विकास समितिको आयोजनामा “पाँचौ बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता–२०८०” हुने भएको छ ।
२०८१ जेष्ठ ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने खेलमा पुरुस्कार राशीमा प्रथम पुरुस्कार ८० हजार द्धितीय पुरुस्कार ५० हजार र तृतीय पुरुस्कार २०÷२० हजार गरी ट्रफी मेडल र प्रमाणपत्र समेत प्रधान गर्ने छ ।
खेलमा बेष्ट डिफेन्स, बेष्ट सटर, बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सर्भर गरी सर्वोत्कृष्ट खेलाडीहरुलाइ आकर्षक पुरुस्कारको समेत व्यवस्था रहेको छ ।
टिम दर्ता शुल्क ५००० तोकिएको छ भने टिम दर्ता गर्नुपर्ने अन्तिम मिति २०८१ जेठ ७ गते साँझ ५ः०० बजे सम्माको लागि तोकिएको छ ।
सम्पर्कको लागि
सिताराम तिमल्सिना, खेलकुद शाखा बेथानचोक गाउँपालिका – ९८४१५१५८४६
विर बहादुर लामा, संयोजक बेथानचोक खेलकुद विकास समिति – ९८५११४३७६८
भोज बहादुर तिमल्सिना, सदस्य बेथानचोक खेलकुद विकास समिति – ९८४१६९४६०१
मदन तिमल्सिना, बेथानचोक खेलकुद विकास समिति – ९८६१४८४७४६