काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर ६ भुग्देउ स्थित सुदिप ओझाको घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा घरसहित सम्पूर्ण सामग्री जलेर नस्ट भएको छ ।
शनिबार राति १०ः४५ बजेको समयमा भएको आगलागीमा ओझाको घर जलेर पुरै नस्ट भएको हो । रातको समयमा विद्युत सर्ट भई लागेको आगोले घरभित्र राखिएका अन्नपात, लत्ताकपडा लगायत सामग्रीहरू जलेर नस्ट भएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन ।
आगालागि बिहान २ः३० बजेको समयमा स्थानियवासीको सक्रियतामा नियन्त्रणमा लिएको थियो ।
ओझाको घरमा आगालागिबाट जिन्सी र अन्नपात गरि २० लाख वरावरको क्षति भएको छ ।