काभ्रे : काभ्रे जिल्लाको खानिखोला गाउँपालिकामा २ दिने आन्तरिक राजस्व अभिबृदि सम्बन्धी कार्ययोजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काभ्रे जिल्लाको दक्षिण भेगमा रहेको अति विकट मानिने गाउँपालिका अन्तरीक राजस्व भने धेरै कम रहेको छ । यहाँका आम्दानीको स्रोत भनेको नै मुख्यत खुवा,कृषि , पशुपालन , रहेको छ । नेपाल सरकारको लागि कसरी राजस्व संकलन गर्न सकिन्छ । भनेर यहाँका व्यापार व्यवसाय कृषि , जनप्रतिनिधि ,कर्मचारी , निर्माण व्यवसाय , सहकारी , लगाएको आमजनमानसको उपस्थितिमा दुई दिने गोष्ठी सम्पन्न भएको पालिका अध्यक्ष थिङले बताए ।
यो अन्तर क्रिया कार्यक्रमले राज्य तथा पालिका सरकारलाई धेरै राजस्व संकलनमा सहयोग पुग्ने भएको छ । खानिखोला भित्र रहेको विभिन्न किसिमका उत्पादन व्यापार, व्यवसाय , कृषि गरि रहनु भएकाहरुमा उत्पादन अनुसार कृषि कफिमा अनुदान दिदै आएको छ । पशुपालन व्यवसायमा पनि सरकारले अनुदान दिदै आएको र गाउँपालिका भित्र रहेको उत्कृष्ट उत्पादन मुलुक व्यवसायलाई प्रोत्साहन र अनुदान दिने र उत्पादन अनुसार सरकरी कर पनि लगाउने अध्यक्ष थिङको प्रतिबद्धता गर्नु भएको छ ।
यहाँका मुख्यत खुवाको उत्पादन हुने गरेको देखिन्छ । बार्षिक १०–१२ करोडको कारोबार हुने तथ्यांक रहेको छ ।
यो दुई दिने आन्तरिक राजस्व अभिवृद्धि सम्बन्धि कार्ययोजनाको सभाअध्यक्ष खानिखोला गाउँपालिका उपाध्यक्ष दोर्जे मान जिम्बाले गरेका थिए । विषय विग्या पुरुषोत्तम नेपालले गोष्ठीको मुख्य प्रशिक्षकको रूपमा रहेको थियो ।
विशिष्ट अतिथी प्रशासकीय अधिकृत जीवन गैरे, नेकपा माओवादी केन्द्रको महिला नेतृ मिना पाखृन , शेखर लामा, सुन्तली थिङ, राजन अधिकारी ,वडा अध्यक्ष निशान मिक्तान , सागर लामा , बुद्धि बहादुर स्याङ्तान,बृहस्पति घिसिङ, टीका अविरल लगाए पालिकाका कर्मचारी र व्यापार , व्यवसायहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालन राजस्व विभाग संयोजक तथा वडा नः ५ का सचीव चण्डीका थापाले गरेका थिए ।