काभ्रे : नेपाल आदिवासी जनजाति समन्वय समिति काभ्रेको आयोजनामा आगामी बैशाख २४ गते दीप प्रज्वलन गर्ने भएको छ । बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाइ सरकारी कामकाजी भाषामा कार्यान्वयन गरेको उपलक्ष्यमा दीप प्रज्वलन गर्न लागेका हुन ।
बिहिवार समितिका उपाध्यक्ष होम माझिको अध्यक्षतामा बैठक बसी दीप प्रज्वलन गर्ने निर्णय गरेका हुन । नेवा ताम्सालिङ प्रदेश (बागमती प्रदेश)ले नेपाल भाषा र तामाङ भाषालाई कामकाजको भाषाको मान्यता दिएको उपलक्षमा बैशाख २४ गते बनेपाको ४ दोबाटोमा दीप प्रज्वलन गर्ने निर्णय भएको आदिवासी जनजाति जिल्ला समन्वय समिती काभ्रेका सचिव हरिचन्द्र लामाले जानकारी दिए ।
समितिको ८ वटा घटक समिती नेपाल तामाङ घेदुङ संघ काभ्रे, नेपाल मगर संघ काभ्रे, नेवा दबु काभ्रे, माझी उत्थान संघ, दनुवार संघ, गुरुङ, भुजेल संघ लगायतको प्रतिनिधि लगायत विभिन्न राजनीतिक दलका जातिय संघहरुसहितको बैठकले बेलुकी ४ बजे चारदोबाटोमा दीप प्रज्वलन गर्ने उनको भनाइ छ । बिगतका संघषहरुको प्रतिफल दिन थालेको बागमती प्रदेशलाई सचिव लामाले धन्यवाद व्यक्त गरे । बैशाख २४ गते बेलुकी ४ बजे चारदोबाटोमा उपस्थित भैदिन सबै आदिवासी जनजाति समुदायलाई अनुरोध गरेका छन ।