महांकाल गाउँपालिका,ललितपुर : बनेपामा रहेको बि एन्ड बि कन्सल्टेन्सीको साझेदारीमा महांकाल गाउँपालिका वडा नं. ६ को ठुलादुर्लुङ कपिराम ललितपुरमा रहेको श्री बागमति आधारभुत विद्यालयका १०० भन्द माथि बालबालिकालाइ शैक्षिक सामाग्री वितरण गरिएको छ ।
बालविकास देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई शैक्षिक सामग्री ब्याग बितरण गरिएको हो ।
बागमति आधारभुत विद्यालयका अध्यक्ष तुल बहादुर पाख्रिनको ,अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिब समाजसेवि प्रबिन कुमार बल बि एण्ड बि कन्सल्टेन्सीका म्यानेजिङ डइरेक्टर मौसमी लामा, डइरेक्टर साङगे लामा (पदम), वडा अध्यक्ष होम प्रसाद बजगाई,वडा सदस्य राज कुमार घिमिरे, संचारकर्मी एवं ब्यबासयी कर्म लामाको बिशेष उपस्थिति रहेको थियो ।
महाँकाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष होम प्रसाद बजगाईले कुनै पनि शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकाको सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बताइन ।
बाल विकास कक्षादेखि ८ सम्मका बालबालिकाहरुलाई सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको बि एण्ड बि कन्सलटेन्सीका डाईरेक्टर साङगे लामा (पदम) ले बताए ।