कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–१० मा दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् । २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा भेटिएका थिए ।
घरको दोस्रो तलामा आफू सुत्ने कोठामा दोपट्टाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।