काठमाण्डौं : सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँ तोक्यो ।
तर सर्वसाधारणले गहना किन्दा तोलाकै डेढ लाख रुपैयाँभन्दा बढी खर्चिनु परेको छ ।
महासंघले तोकेको मूल्यमा गहना व्यवसायीले ज्याला, जर्ती र मुनाफा जोडेर बिक्री गर्दा सर्वसाधारणलाई महँगो परेको छ ।