Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

एसईई पछि फुर्सदको समयमा सिक्नुहोस् यी उपयोगी सीप

एसईई पछि फुर्सदको समयमा सिक्नुहोस् यी उपयोगी सीप

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तर्फको परीक्षा सकिएको छ । परीक्षाको नतिजा आउन केही महिना लाग्छ । यो खाली समयमा विद्यार्थीले कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्नेदेखि विभिन्न सीप सिक्न सक्छन् । यसै सन्दर्भमा फुर्सदमा बसिरहेका विद्यार्थीले सूचना प्रविधि (आईटी) सम्बन्धी केके सीप आर्जन गर्न सक्छन् भनेर जानकारी दिँदै छौंः

–प्रोग्रामिङ ल्याङ्ग्वेज
सफ्टवेयर, वेबसाइट तथा एपबारे रुचि छ भने प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सकिन्छ । आजभोलि यस सम्बन्धी इन्टरनेटमा विभिन्न कोर्ष पाइन्छन् । यदि विद्यालय तहमा नै विद्यार्थीले कम्प्युटर विषय पढेका छन् भने त केही ज्ञान अवश्य लिएका हुन्छन् । यस समयमा विद्यार्थीले एचटीएमएल, सीएसएस, जाभा, सी, सी++, पाइथन, स्ट्याक जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्न सक्छन् ।

यसरी प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्दा विद्यार्थीले सामान्य वेबसाइट बनाउन तथा मोबाइल एप बनाउन सक्छन् । भविष्यमा उनीहरू यही क्षेत्रमा लागे अझ धेरै फाइदा समेत पुग्छ ।

–मल्टिमिडिया
यो छोटो समयमा विद्यार्थीले मल्टिमिडियाका सीप सिक्न सक्छन् । यसमा ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ, फोटोग्राफी, फोटो एडिटिङ, लोगो डिजाइनिङ, एनिमेसन आदि सीप पर्छन् ।

यी सीप कुनै पनि इन्स्टिच्युटमा गएर, अनलाइन कोर्स लिएर, युट्युबमा भिडिओ हेरेर सिक्न सक्छन् । कतिपय इन्स्टिच्युटले त्यस्ता प्रकारको सीप सिकाएर इन्टर्नको अवसर पनि दिने गर्छन् । त्यसैले विद्यार्थीले पढ्दै कमाउन पनि सक्छन् ।

–एआई, रोबोटिक्स र आईओटी
अहिले एआईको खुबै चर्चा छ । हुन त एसईई दिएका विद्यार्थीले तत्काल एआई मोडल तयार पार्न नसक्लान् । तर पनि यसबारे आधारभूत ज्ञान सिक्न सक्छन् । अहिले एआई टुलहरू प्रयोग गरेर फेसलेस युट्युब च्यानल चलाइरहेकाहरू थुप्रै छन् । यो काम पनि विद्यार्थीले गर्न सक्छन् ।

त्यस्तै रोबोटिक्स र इन्टरनेट अफ थिङ्स (आईओटी)को प्रयोग बढ्दै गइरहेको छ । यसको विकासमा ठूला प्रविधि कम्पनी समेत लागेका छन् ।

यदि विभिन्न सामानहरू बनाउन मन लाग्छ भने यो छोटो समयमा विद्यार्थीले रोबोटिक्स र आईओटीका आधारभूत र सैद्धान्तिक विषय सिक्न सक्छन् । यससम्बन्धी इन्टरनेटमा थुप्रै कोर्ष तथा ट्युटोरियल उपलब्ध छन् ।

–डिजिटल मार्केटिङ

अहिले कुनै पनि कम्पनी वा ब्रान्डका लागि डिजिटल मार्केटिङको भूमिका अनिवार्य जस्तै भइसकेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढिरहँदा डिजिटल मार्केटिङको पनि आवश्यकता र महत्त्व बढ्दो छ ।

एसईई सकेर बसेका विद्यार्थीले अनलाइन वा भौतिक रूपमा नै इन्स्टिच्युटमा गएर डिजिटल मार्केटिङ सिक्न सक्छन् । यसमा सर्च इन्जिन अप्टिमाइजेस (एसईओ), सर्च इन्जिन मार्केटिङ (एसईएम) आदि सीप सिक्न सकिन्छ ।

–हार्डवेयर

सफ्टवेयर मात्र भएर कुनै काम सम्पन्न हुँदैन । त्यहाँ हार्डवेयरको भूमिका पनि उत्तिकै हुन्छ । विभिन्न ट्रेनिङ सेन्टरले कम्प्युटर रिपेयरिङको सीप सिकाइरहेका हुन्छन् । त्यहाँ गएर विद्यार्थीले विभिन्न प्रकारका हार्डवेयर मर्मतबारे तालिम लिन सक्छन् ।

–एसईईपछि आईटी शिक्षा
एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाहेक अरूमा आईटीसम्बन्धी छुट्टै कोर्स छैन । आईटी कोर्स अध्ययन गर्न १२ कक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

कक्षा ११÷१२ वा ‘ए लेभल’ मा ऐच्छिक विषयमा कम्प्युटर रहेको छ । आईटीमा रुचि भएका विद्यार्थीले एसईई पछि यो विषय चयन गर्न सक्छन् । यदि आईटीको कोर्स नै पढ्ने हो भने सीटीईभीटीले सञ्चालन गर्ने प्रि–डिप्लोमा (१८ महिने) र डिप्लोमा (३ वर्षे) तहमा भर्ना हुनुपर्ने हुन्छ ।

हाल प्रि–डिप्लोमामा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटरियल म्यानेजमेन्टको कोर्स सञ्चालनमा छन् । यसैगरी डिप्लोमा तहमा कम्प्युटर इन्जिनियरिङ र इन्फर्मेसन टेक्नोलोजी (आईटी)को पढाइ हुन्छ ।

साभार :  TechPana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

भारत-पाकिस्तान तनाव:सशस्त्र प्रहरीले बढायो सीमा क्षेत्रमा गस्ती,दुई दिनमा १,८४४ स्थानमा चेकप्वाइन्ट स्थापना

भारत-पाकिस्तान तनाव:सशस्त्र प्रहरीले बढायो सीमा क्षेत्रमा गस्ती,दुई दिनमा १,८४४ स्थानमा चेकप्वाइन्ट स्थापना

जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छौंः प्रचण्ड

जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छौंः प्रचण्ड

नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न पूर्वराजालाई प्रचण्डको चेतावनी

इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न पूर्वराजालाई प्रचण्डको चेतावनी

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host