बनेपा, काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा भरुवा बन्दुक फेला परेको छ । बनेपा नगरपालिका १ स्थित लामिछाने गाँउमा उक्त भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बनेपा १ लामिछाने गाँउ बस्ने बलराम लामिछानेको खेतको बाँस झ्याङमा बेवारिसे अवस्थामा ठाडोगरी राखेको १ नाल भरुवा बन्दुक फेला परेको छ ।
बनेपा नगरपालिका वडा नम्बर १ का अध्यक्ष कमल घिमिरेले प्रहरीलाई खबर गरे पश्चात् ईलाका प्रहरी कार्यालय बनेपाबाट मुचुल्का सहितको टोली खटी गई मुचुल्का पश्चात उक्त भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय बनेपा ल्याईएको छ ।
साथै, अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।