काभ्रे : काभ्रेजिल्लाको कर्णाली भनेर चिनिने महाभारत गाउँपालिका वडा नम्वर ७ बसेरी निवासी १८ वर्षीया लालध्वज पाख्रिन घाँस काट्ने क्रममा लडेर गम्भीर घाईते भएको छ ।
आइतबार घाँस काट्ने क्रममा भिरबाट करिब दुई सय मिटर तल खसेर पाख्रिन गम्भीर घाइते भएको र उपचारका लागि जिल्ला अस्पातलमा लगिएको छ ।
अप्ठ्यारो भिरमा घाँस काटिरहेको अवस्थामा लालध्वज चिप्लिएर खसेको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएको छ ।