धुलिखेल,काभ्रे : आगामी २०८१ बैशाख १५ गते इलाम र बझाङमा हुने उप निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको केन्द्रिय कार्यक्रम अन्र्तगत जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले जिल्ला स्थित राजनीतिक दल, सरोकारवाला निकायहरुसँग मतदाता नामावली अद्यावधिक तथा अन्तिम नमावली प्रकाशन र त्यसका विषयमा जानकारी गराएको छ ।
बैशाख १४ गते १८ वर्ष पुग्ने सबै नागरिकहरुले मतदान गर्न पाउने भएकाले केहि मतदाता थप तथा मृत्यु भएकाहरुको नामावलीबाट नाम हटाएर अन्तिम नामावली प्रकशन हुनेछ । फोटो खिचाएका मध्ये १ लाख ५६ हजार १ सय ३० मतदाता महिला र १ लाख ६४ हजार ५७ महिला मतदाता छन् भने अन्य २ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी उमेश राईले २०८० फागुन २८ गते देखि चैत्र १५ गतेसम्म अन्तिम नामावली अद्यावधिक गरेर प्रकाशन हुने बताए । ‘शुद्ध मतदाता नामावली तयार गर्ने, त्रुटी सच्याउने र दोहोरो÷मृत्यु हटाउने, अन्तिम नामावली तयार गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ’– निर्वाचन आयोगको वेवसाईटमा नामावलीका बारेमा निवेदन तथा उजुरी गर्ने ब्यवस्था गरिएको छ । उक्त वेवसाईटमा सबै प्रकृयाका बारेमा नागरिकहरुले बुझ्ने गरी प्रश्न र उत्तरहरु राखिएका छन् ।’
निर्वाचन कार्यक्रम अनुसार फागुन २९ गते देखि चैत्र ५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा निवेदन सकिनेछ । काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता प्रतिनिधी सभा र प्रदेश सभाका लागि योग्य मानिएका छन् । तर निर्वाचन आयोगले १६ वर्ष पुगेकाहरुले मतदाता नामावलीमा ३ लाख २० हजार १ सय ८९ जनाले फोटो खिचाएका छन् ।
अन्र्तक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ सस्थाका प्रतिनिधिहरु र सुरक्षा निकायका प्रतिनिधिहरुले मतदाता नामावलीमा सुधार गर्नु पर्ने विषय र निर्वाचन केन्द्रका बारेमा सुझाव पठाउन ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार उक्त क्षेत्रमा भएका मतदाता तथा जिल्लामा रहेका नागरिकहरुले सहभागिता जनाउने गरी सबैलाई सक्रिय हुन अनुरोध गरेकी थिईन् ।