धुलिखेल,काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल शिक्ष तालिम केन्द्रमा स्वीस सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना (दोस्रो चरण) वृद्धि मार्गनिर्देशन सेवा सञ्चालन उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै तालिम प्रमुख श्री रुद्रहरी भण्डारीले बेरोजगार युवावर्गलाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्वीस सरकार र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता रहेको सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औँल्याउँदै परियोजनाबाट युवावर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास समेत व्यक्त गरे ।
औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेसागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग–व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परियोजनामार्फत कार्यान्वयन हुने भण्डारीले बताए ।
वृद्धिमार्गा निर्देशनमा भइरहेका प्रयसहरुको वारेमा वताउदै खुुविराम अधिकारीले प्रदेश सरकारको शिक्ष निति कार्यन्वयन भएको छ । धुलिखेलमा रहेको तालिम केन्द्रलाइ टेक्निकल सेन्टर वनाई सेवा सञ्चालन समेत गरेको छ । विद्यालयको हकमा विद्यार्थीलाइ खाद्य र र आर्कषकमा फोकस गर्दै आइरहेको समेत छ । यस परियोजना फेस टु फेस भौतिक रुपमै उपस्थित भएर सेवा वृद्धिमार्गाको निर्देशन गरिरहेको छ ।
वृतिमार्ग निर्देशन प्लेटफर्मको उद्धघाटन डिजिटल प्लेटफर्मको वटन थिचि माननीय मन्त्री कुमारी मोक्तानले गर्नु भएका थिए । भने डिजिटल प्लेटफर्मको प्रदर्शन मुन प्रधानले गरेका थिए र प्रदर्शनमा डिजिटल प्लेटफर्मको एउटा वेवसाइट रहेको हुन्छ र त्यसमा वृद्धिमार्ग निर्देशन भनेको के हो यसको उदेश्य के हो भन्ने वारेमा समेत जानकारी राखिएको हुन्छ । यस वेवसाइटबाट के कार्यक्रमहरु भईरहेको छ भन्ने जानकारी समेत लिन सकिने व्यवस्था रहेको छ । यसमा आफ्नो रुची र खुविको क्षमताको आधारमा ५ वटा क्षमता समेत राखिएको छ र यसमा १ नम्वरले न्युन र ५ नम्वरले धेरै क्षमता रहेको वारेमा जानकारी लिन समेत समावेश गरिएको छ । साथै यसमा डउनलोड गरि ईन्टरनेट नभएको समयमा समेत पढ्न सक्ने व्यवस्थ रहेको छ । यस वेवसाइटमा आफ्नो आइडिबाट लागइन गर्न सक्ने सुविधा समेत रहेको छ ।