बेथानचोक,काभ्रे : बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थान स्वास्थ्य चौकीमा २४ एक दिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
३० वर्ष देखि ६० वर्ष सम्माका महिलाहरुमा हुने स्तन क्यानसर आङ खस्ने समस्य अब्स्टेट्रिक, फिस्टुला, पाठेघरको मुखको क्यानसर लगायतका रोग सम्बन्धी मध्यनजर गरी निशुल्का स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
बेथानचोक गाउँपालिका र स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको संयुत आयोजनमा बेथानचोकको वडा नं ४ का स्थानीय महिलाहरुका लागि लक्षित गरी शिविरको आयोजना गर्न लगिएको छ ।
ग्रामिण भेगका अधिकाशं महिलाहरुले आफु भित्र रहेको गुप्त रोगहरु अरुले केही भन्लान की भन्ने डर र लाजका कारण लुकाउने र पछि त्यही रोग फैलिएर क्यान्सरसम्म हुन सक्ने सम्भावना भएकाले घरदैलोमै संचालित शिविरबाट महिलाहरुले धेरै लाभ लिन सक्ने भएकाले शिविर गर्न लागिएको वडा नंं ४ का वडा अध्यक्ष कृष्ण बहादुरले जानकारी दिएको छ ।