बेथानचोक,काभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको लेक क्षेत्रका वनपाखा रंगीबिरंगी लालीगुराँसले रंगिएका छन् । पाखैभरी ढकमक्क गुराँस फुलेपछि पर्यटकहरु पनि वनतिर जान थालेका छन् ।
राताम्मे फुलेका लालीगुराँस र वनजंगलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । काभ्रेसँगै काठमाडौँ उपत्यका लगायतका पर्यटक बेथानचोकको नरायणस्थान लेकमा पुग्न थालेका छन् ।
नेपालमा पाइने ३२ प्रजातिकामध्ये महाभारत श्रंखलमा पर्ने नारायणस्थान क्षेत्रको जंगलमा रातो, सेतो, गुलाबी, चिमालीलगायतका गुराँस पाइन्छ । लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै पर्यटक मक्ख परेको छ ।