काभ्रे : काभ्रेपलाञ्चोक जिल्लााको बेथानचोक गाउँपालिका वडा नम्वर २ मा रहेको डिप्रोक्स लघुबित्त बित्तिय संस्था लिमिटेड शाखाबाट फाल्गुन १४ गते खानिखोला गा.पा.५ ताल्ढुङगामा आफ्ना सदस्यहरुलाइ लछित गरि बित्तिय साक्षरता एवम् केन्द्र उत्प्रेरन्णा कार्यक्रम सम्पन्न भएको छ ।
ताल्ढुङगामा रहेको प्रहरि चौकिको चौरमा करिब ६० जना सदस्यहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम सन्चालन ढुङखर्क शाखाको शाखा प्रमुख श्री प्रदिप खनाल (R.J) नवराज) ले गर्नु भयको थियो ।
कार्यक्रममा डिप्रोक्स लघुबित्त बित्तिय संस्थाका कर्मचारि श्री रमेश श्रेष्ठले बचतको महत्तो , ऋणको सहि सदुपयोगिता लगायतको बारेमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रम संचालक प्रदिप खनालले समग्रमा उक्त बित्तिय कार्यक्रमको महत्तो , सदस्य आवद्धताको प्रक्रिया ,कर्जा माग , लगानि प्रक्रिया ,cib report, एकल ग्राहक कर्जा सिमा income statements analysis , 6c कर्जा सदुपयोगिता black list process , यबम सस्थाले दिने सेवा सुबिधाको बारेमा अन्तक्रिया कार्यक्रम गर्दै हास्य ब्यङग्य प्रस्तुति समेत प्रस्तुत गर्नु भयको थियो ।
सुरक्षा निकाय ताल्ढुङगा प्रहरी चौकी प्रमुखको पनि कार्यक्रम मा उपस्थितिका साथै बित्तिय सम्स्था प्रति देखियको दवाब एवम् चासो प्रति आफ्नो र तैनाथ सुरक्षा कर्मिको तर्फ बाट सयुक्त धारणा व्यक्त गर्नु भयको थियो भने सदस्य केन्द्र न ६६ का केन्द्र प्रमुख श्री पदमा कुमारि तिमिल्सिनाले समग्र कार्यक्रमको उपलब्धि यस सम्स्थाले प्रबाह गरेको ऋणले भयको सकारात्मक प्रभाबको बारेमा ब्याख्या , विस्लेषण समेत गरिएको थियो ।
देश भर हाल सम्म ७३ वटा जिल्लामा १५६ वटा शाखा बिस्तार भईसकेको यस सम्स्थाको काभ्रे जिल्लामा मात्र ४ वटा शाखा सन्चालन भइसकेको छ ।
जसमध्य ढुङखर्क शाखाले आफ्नो शाखा बेथान्चोक ३ सयालेमा रहेतापनि कार्यछेत्रको रुपमा खानिखोला गा.पा. लाइ पनि बिगत १ बर्ष अगाडि देखि समाबेस गराउदै बचत तथा ऋणको कारोबार गर्दै आइरहेको छ ।
शाखा संचालन भयको २ बर्ष पुरा भयको यस शाखामा हाल ६४० जना ग्राहक सदस्यमा ३५२ जना ऋणि छन भने कुल एक करोड दुई लाख बराबर निछेप संकलन रहेको यस शाखामा आज सम्म ६ करोड ६२ लाख सावा बाकि रहेको छ ।