Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

लघुवित्त पीडितले संसद् भवन परिसरभित्रै पुगेर गरे प्रदर्शन

काठमाण्डौ  / आज दिउँसो संसद् बैठक चलिरहेका बेला लघुवित्त पीडितहरू संसद् भवन परिसरभित्रै पुगेर नाराबाजी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले लगाएको निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू सङ्घीय संसद् भवन परिसरमा प्रवेश गरेका हुन् । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ जना महिला र एक जना पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

संसद् भवन परिसरमा विशेष प्रवेश पास लिएर मात्रै प्रवेश दिने व्यवस्था छ । प्रवेश गर्ने व्यक्तिहरूलाई पनि सुरक्षा जाँच हुन्छ । संसद् भवन परिसरमा तीन वटा ढोका छन् । नयाँ बानेश्वर चोकतर्फको दुई नम्बर गेटबाट उनीहरू प्रवेश गरेको प्रहरीले जानकारी गराएको संसद् सचिवालयले जनाएको छ । दुई नम्बर गेट सांसदहरूको आवतजावतका लागि मात्रै खुला हुन्छ । सांसदहरू बाहिरिने क्रममा पूरै ढोका खोलिएको र अचानक महिलाहरू बलपूर्वक भित्र पसेका प्रहरीले जानकारी गराएको सचिवालयले जनाएको छ । गेटमा पुरुष प्रहरी मात्रै रहेको र महिलालाई रोक्न महिला प्रहरी बोलाउँदासम्म उनीहरू भित्र पसेका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले लघुवित्त पीडितहरू संसद् भवन परिसरमा प्रवेश गरेको बारेमा छानबिन गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । प्रहरी उपरीक्षक एसपी नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक डीएसपी दिनेश घिमिरे सदस्य रहेको समिति गठन गरेको र समितिको प्रतिवेदनपछि थप कदम चाल्ने प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक डीआईजी भीमप्रसाद ढकालले बताउनुभयो ।

प्रदर्शनकारीहरूलाई संसद् भवनभित्र जानबाट भने संसद् भवनको भित्री सुरक्षामा खटिएका मर्यादापालकले रोकेका थिए । संसद् भवन परिसरमा नाराबाजीपछि उनीहरूले त्यहीँ सुतेर प्रदर्शन गरेका थिए ।

लघुवित्तबाट लिइने महँगो ब्याज घटाउनुपर्ने माग गर्दै विगत एक हप्तादेखि काठमाण्डौको विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरू देशका विभिन्न ठाउँबाट हिँडेरै काठमाण्डौ आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

लि:ल फङ (घले समाज) हरिहरपुरगढी सिन्धुलीले  ल्होसर विशेष सस्कृतिक कार्यक्रम गर्दै

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host