चौरीदेउराली,काभ्रे : काभ्रे जिल्लाको चौरीदेउराली गाउँ पालिकाको अध्यक्ष रेणुका चौलागाईंले आफ्नो गाउँ पालिका भित्रको रहेको ९ वटै वडाहरुमा पूर्ण अपांगता भएका व्यक्तिहरूको प्रत्यक्ष घर–घरमा पुगेर समस्याको पहिचान गरि १०० जना अपांग भएकालाई ब्लाङ्केट वितरण गरिएको छ । ब्लाङकेट वितरण कार्यक्रम २०८० माघ १५ गतेबाट सुरु गरिएको थियो । ब्लाङ्केट वितरणको क्रममा गाउँ पालिका अध्यक्ष रेणुका चौलागाईं अफै अपांग भएको व्यक्तिको घर –घरमा पुगेर अपांग भएको व्यक्ति र उक्त घर परिवारहरूको समस्या, पीडा र मर्मलाई प्रत्यक्ष रूपमा बुझेको थियोे ।
गाउँ पालिका अध्यक्ष चौलागाईंले ब्लाङ्केट वितरणको क्रममा अपांग र अपांगता भएको परिवारको समस्याहरुको बारेमा विभिन्न बस्तीहरूमा पुगि छलफल समेत गरिएको थियो ।
ब्लाङकेट वितरण कार्यक्रमबाट लाभान्वित परिवार र अपांग भएका व्यक्तिहरूले पालिकाले गरेको यस्तो कार्यक्रमबाट प्रभावित भइ पालिका अध्यक्ष रेणुका चौलागाईंको प्रसंसा समेत गर्दै अपांगता भएकाहरुलाई सहयोग गर्नुभएकोमा भावुक भइ अध्यक्षप्रति आभार व्यक्त समेत गरेका थिए । गाउँ पालिका अध्यक्ष चौलागाईंले अपांगत भएकाहरूको लागि सेवा र सहयोग लागि पालिका र आफू सधै समर्पित भएर लाग्ने प्रतिज्ञा समेत गर्नु भएको छ ।
ब्लाङ्केट वितरण कार्यक्रममा प्रत्यक्ष रुपमा सहजीकरण गाउँ पालिका पञ्जिकरण शाखामा कार्यरत उर्मिला परियारले गरेको थियो । कार्यक्रमलाई सफल बनाउनको लागि परियारले कार्यक्रमको व्यवस्थापन र ब्लाङ्केट वितरण कार्यमा ९वटै वडाहरूको विभिन्न बस्तीहरूमा पुगेर आफैं खटेर प्रभावकारी र महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियोे । यस ब्लाङ्केट वितरण कार्यक्रम सम्पन्न गर्नको लागि ८. न.वडाको वडा अध्यक्ष एवं गाउँ पालिकाको प्रवक्ता धन लामा, ३.न. वडा अध्यक्ष चित्र प्रसाद चौलागाईं, ५न. वडा अध्यक्ष कृष्ण प्रसाद गौतम ,९. न. वडाका अध्यक्ष राम लामा, चौरीदेउराली –२ वडा स्थित खाँडा देवी मा.वि.का शिक्षक एवं समाजसेवी कलम नेपाली र गाउँ पालिकामा कार्यरत पुष्कर लामा लगायतको साथ र सहयोग रहेको थियो ।