काभ्रे / काभ्रे जिल्लामा नक्कली बजार अनुगमनकर्ता बनी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ वस्ने बर्ष ५० का वासुदेव न्यैपाने र काठमाण्डौ महानगरपालिकावडा नम्बर २९ घर भइ हाल भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५२ को रोशन पोखरेल रहेका छन । २०८० फागुन ९ गते अन्दाजी १२ बजेको समयमा काभ्रेपलाञ्चोक बनेपा न पा वडा नं ५ घसिला मार्ग स्थित उपभोक्ता मञ्च नेपालबाट अनुगमन गर्न आएको भनि बताउने २ जना पुरुष ब्यक्तीहरु संकास्पद लागी प्रहरीलाई खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
२०८० माघ १२ गते अंन्दाजी १२ बजेको समयमा काभ्रेपलाञ्चोक बनेपा न पा वडा नं ५ घसिला मार्ग स्थित रहेका बेकरी पसलहरुमा आई आफुहरू उपभोक्ता हित संरक्षण मञ्चबाट अनुगमनको लागी आएको बताई पसलको दर्ता प्रमाणपत्र र नम्बर, खाद्यको प्रमाणपत्र मागेकोमा मोबाईलमा देखाउँदा पसलमा किन नराखेको तपाईलाई कारबाही हुन्छ, तपाईको पसल सिल गरिदिन्छु भनि डर देखाएको स्थानीयले बताएका छन ।
मिलाउने भए १५ हजार रुपैयाँ लाग्छ भनि मागेकोमा गल्ति गरेको छैन दिन सकिदैन भन्दा ल ठिकै छ १० हजार मात्र दिनु कुरा मिल्छ नत्र तपाईलाई अप्ठ्यारो पर्ला भनि डर देखाई नगद १० हजार रुपैयाँ लिइ गएका थिए । पुन मिति २०८० फागुन ९ गते निज व्यक्तीहरु बेकरी पसल अनुगमन गर्न भनि अर्को बेकरीमा प्रबेश गरेको देखि प्रहरीलाई खबर गरेपश्चात तत्काल ईलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिई उनीहरुलाई कानुनी रितपुर्वक खानतलासी गरी जरुरी पक्राउ पुर्जी दिई अनुसन्धानको निम्ती कार्यालयमा लगेको थियो ।
उनीहरूको साथबाट उपभोक्ता मञ्च नेपाल संस्थाको नाम लेखी बनाईएका निजहरुका नामका परिचय पत्र २ थान, नोकिया कि प्याड मोबाईल १ थान, स्क्रिन टच मोबाइल दुर्इ थान र नगद ३ हजार ५ सय रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाहरू उक्त संरक्षण मञ्चका कुनै पनि जिम्मेवार पदमा नरहेको तथा निजहरूको साथमा रहेको परिचयपत्र समेत नक्कली रहेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूलाइ मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ बिपरित ठगी कसुर गरेको देखिएको हुँदा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट पाँच दिन म्याद अनुमती लिई विस्तृत अनुसन्धान कार्य भइरहेको ।
उनीहरूबाट बाट अरु कोही पसलेहरू समेत ठगिएको भए तत्काल ईलाका प्रहरी कार्यालय बनेपामा सम्पर्क गर्न इलाका प्रहरी कार्यालय बनेपाले अनुरोध गरेको छ ।