Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

आधा दर्जन घर परिवारको मिटरब्याजले दमादिगी बस्तीका उठिबास

विराटनगर । विराटनगर महानगरपालिका १८ नम्बर वडाको दमादिगी बस्तीका आधा दर्जन घरपरिवार मिटरब्याजको फन्दामा परेर घरबारविहीन हुने अवस्थामा पुगेका छन् । सोही ठाउँका सुनिल साहले गरिब र निमुखालाई मिटरब्याजमा ऋण दिने र घरबारविहीन बनाउने धन्दा नै चलाएका छन् । जुन धन्दाले सो बस्तीका दर्जनौँ मानिसहरू घरबारविहीन हुने अवस्थामा पुगेको पीडितहरू बताउँछन् ।

विराटनगर महानगरपालिकाको कानुन महाशाखामा उजुरी बोकेर आइपुगेका सोही बस्तीका ४८ वर्षीय दिलीपकुमार अमातले ४ वर्ष अगाडि आमा र बाबुको काजक्रिया गर्न र घरखर्च चलाउन भन्दै उनै सुनिलसँग तमसुक बनाएर ४ लाख रुपैयाँ लिए । त्यसबेला सुनिलले १० कट्ठा जग्गा आफ्नो नाममा धितो बन्धकी लिएर मात्रै ४ लाख रुपैयाँ ऋण दिएका थिए ।

सुनिलले दिएको मिटरब्याजको ऋणले अहिले अमात सडकमा आइपुगेका छन् । आफूले चार वर्षको अवधिमा ३ लाख रुपैयाँ साहलाई बुझाइसकेको दाबी गर्ने दिलिपको १० कट्ठा जग्गा भने ढिलो गरी पैसा दिएको भन्दै सुनिलले एक वर्ष अगाडि नै बेचिदिए । आफ्नो जग्गा साहले विक्री गरेको दिलिपले एक वर्षपछि मात्रै थाहा पाए । जग्गा बेचिएको थाहा पाएपछि उनी वडाका जनप्रतिनिधिसँग पुगे । त्यहाँबाट पनि पार नलागेपछि उनी विराटनगर महानगरपालिकाको कानुन शाखामा आइपुगेका हुन् । मिटरब्याज धन्दामा लागेका सुनिलले दिलिपलाई अब २२ लाख रुपैयाँ दिएमात्रै जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

दमादिगी टोलमा सुनिल साहको मिटरब्याज धन्दाले दर्जनौँ पीडित छन् । सोही ठाउँका ४५ वर्षीय रमानन्द मण्डलले ४ कट्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावा र ब्याज तिरे । तर, सुनिलले अझै ८ लाख रुपैयाँ बुझाएपछि मात्रै चार कट्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

जग्गाको लालपुर्जा सुनिलसँग छ । जग्गाको मूल्य करिब २० लाख छ । आफ्नो जग्गा उकास्न अब ८ लाख बुझाउनुपर्ने भएपछि मण्डल परिवार विक्षिप्त छन् । उनी पनि न्यायको खोजीमा न्यायिक निकायहरू धाइरहेका छन् ।

रमानन्द र दिलीप उदाहरण हुन् । विराटनगर १८ दमादीगीकै ४७ वर्षीय नारायण साहको सम्पत्ती पनि सुनिलले उसैगरी हडप्ने प्रयास गरिरहेका छन् । सुनिलसँग उनले पनि तीन वर्ष अगाडि ७ लाख रुपैयाँ ऋण लिए । उनले २१ लाख ७ हजार रुपैयाँ तिरेपछि मात्र ६ कट्ठा जग्गा फिर्ता दिए । उनकी आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी अझै लडाइँमा छन् । नारायणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा धितो राखेर सुनिलसँगै एक लाख २५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । लक्ष्मीदेवीले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसकिन् । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

यस्तै विराटनगर–१८ कै ६८ वर्षीय महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कट्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिर सके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । ‘ऋण बढिरहेको छ । गरिखाने जग्गा पनि गयो तर ऋण सकिन्न,’ महेशले पनि नगरपालिकाको कानुन शाखामा आएर भने ।

उनीहरूलाई सुनिलले पैसा तिर्न दबाब दिइरहेका छन् । ‘जालझेल र तिकडम कतिसम्म हुँदो रहेछ भन्ने थाहा पाउन यहाँ परेको निवेदनले प्रस्ट्याउँछ’ विराटनगर महानगरपालिका कानुन शाखाकी प्रमुख शारदा थपलिया बताउँछिन् । यसअघि महानगरपालिकामा भएको पटक–पटकको छलफल निष्कर्षमा नपुगेपछि थप कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पठाउने तयारी गरिएको उनले बताइन् । ‘मेयर सावको रोहबरमा धेरै पटक छलफल भयो । नमिलेपछि थप कारबाहीको लागि प्रशासन पठाउने तयारी गरिएको छ,’ उनले भनिन् । सुनिलबाट पीडित भएका आधा दर्जन पीडितहरूले भने जिल्ला प्रशासन कार्यालयमा बुधबार दिउँसो उजुरी दिने जनाएका छन् ।

उता जिल्ला प्रशासन कार्यालय मोरङमा भने हालसम्म २५० जनाले उजुरी दिएका छन् । जसमध्ये ९७ वटा मिलापत्र गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जनाए । प्रशासन कार्यालयले दुई दर्जन बढी निवेदन दुवै पक्षबिच सहमति हुन नसकेपछि अदालत पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा ढकाल सर्वसम्मत निर्वाचित

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

बुसानमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” को तयारी पूरा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

खानीखोला गाउँपालीकालाई लक्षित गरी मकवानपुरको बलदेउ स्थानमा नेपाल टेलिकमको टावर सन्चालनमा

लि:ल फङ (घले समाज) हरिहरपुरगढी सिन्धुलीले  ल्होसर विशेष सस्कृतिक कार्यक्रम गर्दै

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host