काभ्रे : काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ३ राईमालेमा पुरुषोत्तम ढंगालको जस्ताले छाएको ढुंगा माटोको दुई तले गोठमा आगोलागी भएको छ ।
करेन्ट सर्ट भइ आगोलागि हुँदा मानाविय क्षति भने नभएको र पशुचौपायको भने क्षति भएको जिल्ला प्रहारी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुमा सुमन जंग थापाको ढुंगामाटोको गाईगोठमा केरन्ट सर्ट भई आगोलागि भएको छ ।
आगोलागिबाट गाई १ वटा र बाख्रा जलेको छ । मानाविय क्षति भने नभएको । जिल्ला प्रहारी कार्यालय काभ्रेले जानकारी दिएको । आगोलागिबाट ४ लाख ९० हजार वरावरको आर्थिक क्षति भएको छ ।