चौरीदेउराली,कभ्रे : काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईले गाउँपालिकाले दिएको सार्वजनिक बिदा नरोकिने बताएकी छिन् ।
पालिकाले जनयुद्ध दिवसमा दिएको विदा कुनै पनि हलातमा नरोकिने बताएकी हुन । हिजो हामीले परिवर्तनको लागि जनयुद्ध लडेर ल्याएको परिवर्तन हो । सर्वोच्चले गरेको फैसालले जनयुद्ध दिवस विदा नरोकिने समेत वताएकी छिन ।
अध्यक्षले भनिन् जसरी पनि जनयुद्ध दिवस मनाउने छु । पलिकाले सुचना जारी गरि सके मेरो अधिकार भित्रको कुरा हो जनयुद्ध सर्वोच्चको फैसाले भएको होइन । जनताको त्याग र बलिदानले ल्याएको परिवर्तन हो जनयुद्धले ल्याएको व्यवस्था जनयुद्ध दिवस भव्यतका साथ मनाईन्छ । यही परिवर्तनका निम्ति मैले मेरो ५ जना पारिवारिक सदस्य गुमाएकी छु । दाजु कमल प्रसाद चौलागाई, आमाजु बिन्दा चौलागाई, र जेठाजु सहिद हुनुहुन्छ भने नविन गौतम र .अर्की आमाजु कमला चौलागाई शर्मा अझै पनि वेपत्ता रहेको छ ।