जीवन लामा
खानीखोला, काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका-४ फुलडाँडास्थित श्री वीर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक तामाङ टोपी (कुलागी)मा देखिएका छन् ।
छ्यायो स्मृति लक्ष्वीर फोर्विआई ग्रुप र गजब गोइलो सप्लायर्स बनेपाले संयुक्त रूपमा विद्यालयको लागि तामाङ टोपी लगायत सहयोग गरेसँगै विद्यार्थी र शिक्षक तामाङ टोपी मा सजिएका हुन् ।
विद्यालयका प्रधानध्यापक भरत लामाको पहलमा छ्यायो स्मृति लक्ष्वीर फोर्विआई ग्रुप र गजब गोइलो सप्लायर्सले तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक पर्व २८६० औं डुक/मु पुख्री ल्हो (वर्ष) सोनाम ल्होछारको अवसर पारेर सहयोग गरेको तामाङ टोपी विद्यालयले एक कार्यक्रमबिच विद्यार्थी र शिक्षकलाई वितरण गरेको हो ।
प्रधानध्यापक लामाले सरकारी स्कुलमा अध्ययनरत विद्यार्थीको पढाईमा केही सकारात्मक उर्जा मिलोस भन्ने हेतुले ग्रुप र सप्लायर्सले संयुक्त रूपमा टोपी लगायत सामाग्री सहयोग गरेको बताए । बाल शिक्षादेखी कक्षा ५ सम्मका सबै विद्यार्थीलाई तामाङ टोपी वितरण गरेका छन् ।
तामाङ टोपीमा पाउँदा विद्यार्थीहरू खुसी देखिन्थे । शिशुदेखि ५ कक्षासम्म पढाइ हुने वीर आधारभूत विद्यालयमा न्यून वर्गीय परिवारका ३५ भन्दा बढी विद्यार्थी पठन पाठनमा छन् ।
प्रधानध्यापक लामले विद्यार्थीले सहज रूपमा अध्ययन गर्नको लागि मनमस्तिष्कका तनावमुक्त भइ स्वास्थ हुनु पर्ने भएकोले आफुसहितको विद्यालय परिवार त्यस खालको वातावरण सिर्जना गर्नको लागि विभिन्न सहयोगहरुको साथमा विद्यार्थी केन्द्रित गतिविधि गरिरहेको बताए ।
अहिले प्राप्त सहयोगहरु पर्याप्त भने भइ नसकेको उनको भनाइ छ । उनले विद्यार्थीको शैक्षिक सुधारको लागि अझ धेरै काम गर्नु पर्ने हुँदा सक्ने सहयोगको लागि समेत अपिल गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि केही राहत मिल्ने सहयोग समेत गर्ने ग्रुप र सप्लायर्सले जनाइएको छ । आगामी दिनमा पनि सामाजिक कार्यहरू निरन्तर गर्दै जाने योजना रहेको सहयोगी संस्था ग्रुपका प्रतिनिधि विकास तामाङको भनाई रहेको छ ।
कार्यक्रममा विद्यालयको संस्थापक वीरबहादुर वाईवा, विद्यालय अभिभावक समितिका अध्यक्ष टिकाराम वाईवा, विद्यालय व्यवस्थापन समितिका (विव्यस)का अध्यक्ष ज्ञानबहादुर थिङ, समाजसेवी तथा नेतृ विष्णुमाया मोक्तान लगायतको उपस्थिति थियो ।
तीन विषयको अतिरिक्त कक्षा सन्चालन
त्यस्तै वीर आधारभूत विद्यालयले विद्यार्थी अध्ययनलाई थप मजबुत बनाउन अंग्रेजी, गणित र नेपालीको अतिरिक्त कक्षा समेत सन्चालन गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक लामाले विद्यालयको शैक्षिक गुण्स्तरलाई सुधार गरि पठनपाठनलाई थप मजबुत बनाउन अतिरिक्त कक्षा सञ्चालन गरेको र प्रभावकारी पनि देखिएको बताए ।
प्रअ लामाले आगामी दिनमा यसलाई प्रभावकारी कार्यन्वयन गर्दै विद्यार्थीको हितमा अझ थप कार्यक्रम गर्दै जाने बताउँदै यसको अभिभावक तथा सरोकारवालाको व्यापक रुपमा सहयोगको आवश्यक रहेको बताए । उनले अभिभावकले आफ्नो बालबच्चाको विषयमा गम्भीर भएर नसोचिदिँदा विद्यालयमा शिक्षकले पढाएको भरमा मात्रै पढाई सुधार नहुने बताए ।
शिक्षक विष्णु दाहालले घरमा आफ्नो बालबच्चाले गृहकार्य गरे नगरेको जाँच गरी पढ्ने वातारण सिर्जना गर्नुका साथै विद्यालयमा समेत उपस्थित भई उनीहरुको पढाईको बारेमा समेत बुझ्न आग्रह गरे ।