पनौती काभ्रे : ह्याङ्ला समाज ह्युल पनौती नगर पालिका वडा नम्बर १२ बाट आयोजित २८६० औं डुक ल्हो गरुड वर्ग सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा पनौति नगर पालिका र वडा नं. १२ को सहयोग र ह्याङ्ला समाज ह्युल पनौती नगरपालिका वडा नम्बर १२ द्वारा आयोजित कार्यक्रमको उद्घघाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उनले बताए । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उनको भनाई छ ।
ह्याङ्ला समाज ह्युलका अध्यक्ष सन्त बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बन्जार , विशेष अतिथि वडा नं. १२ का वडाध्यक्ष जयराम केसी , खानी ब्यबासयी प्रदिप बोगटी , राजनितिक दलका प्रतिनिधिहरु १२ नम्बर वडाका वडा सदस्य बिरेन्द्र लामा लगायतको उपस्थित रहेको थियो ।
ल्होछार कार्यक्रममा ४ औं अवतारी सोनाम घारवाङ रेम्र्पोछे गुरुबाट वाङ र प्रसाद ग्रहन समेत गरेको थियो र रेम्र्पोछे गुरुले ल्होछारको वारेमा र हामिले घरमा राख्ने गरेको दज्र्युको लुङ्ताको वारेमा समेत प्रस्ट पर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै पनौती वडा नं. १२ का अध्यक्ष जयराम केसीले जातीविशेष कार्यक्रमहरु गरेर आफ्नो परम्परा जोगाउन भुमिका खेलेको र यस्तो कार्यक्रम गर्नको लागि वडामा सम्न्वय गरेमा वडाले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
ल्होछार कार्यक्रमा स्वयमसेवकको लागि सामुदायिक बोर्डिङ स्कुलका नेसनल क्यडेट कर्पसका १४ जना विद्र्यार्थीहरुले समेत सहयोग गरेका थिए ।
कलाकारहरुमा तोप लामा, रोशनी लामा, सम्देन लामा, हिरा तामाङ लगाएत स्थानिय कलाकरहरुको उपस्थितिमा सास्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने उपस्तिथ सबै छमछमी नाचेका थिए ।
उक्ता ल्होछार कार्यक्रममा संयोजक राजकुमार तामाङ (फुर्वा) र लिला बहादुर तामाङले गरेको थियो भने कार्यक्रम सञ्चालन बुद्धविर तामाङ र सुस्मा तामाङले गरेको थियो ।