बेथानचोक कभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा नेपाल तामाङ घेदुङ बेथानचोकद्वारा आयोजित २८६० औं डुक ल्हो गरुड वर्ग सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । २८६० औं डुग ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा मंगलवार नेपाल तामाङ घेदुङ बेथानचोकद्वारा आयोजित कार्यक्रमको उद्घाटन बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने बताए । नेपालको संविधानले सबै धर्म समुदायलाई सम्मान गरेको उनले बताए । नेपालको सबै धर्म समुदाय एक भएमा मात्र समृद्ध नेपाल निर्माण हुने उनको भनाई छ । मन्त्री लामाले खोपासी तालढुंगा सडकलाई पुर्णता दिन समपुरक बजेट संघीय सरकारबाट ५० करोड माग गर्ने र प्रदेश सरकारबाट ५० करोड विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपाल तामाङ घेदुङ बेथानचोकका अध्यक्ष देवचन्द्र वाइबाको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना, नेपाल तामाङ संघीय घेदुङ उप९महासचिव हर्क तामाङ, विशेष अतिथि वडा नं। ५ का वडाध्यक्ष राजकुमार वाइबा, युवा व्यवसायी अमित लामा, संघीय घेदुङ सदस्य तथा काभ्रे इन्चार्ज फुर्साङ तामाङ, प्रदेश घेदुङ सचिव हरिश्चन्द्र लामा, जिल्ला घेदुङ अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष इन्द्र तामाङ, सचिव बिरेन्द्र लामा ९निमा० सहसचिव सिताराम लामा लगायतले तामाङ समुदायले घर९घरमा ल्होछार मनाउनुपर्ने बताउदै २८ औँ डुग सोनाम ल्होछारको शुभकामना दिए ।
चर्चित कलाकारहरु इन्दिरा गोले , जितु लोप्चन , मकर योन्जन, अर्पण थिङ, प्रकाश तितुङ, दिलिप तामाङ (हुरहुर)
लगायत दर्जनौं कलाकारहरुको बेजोड उपस्थिति र प्रस्तुतिका साथ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।