काभ्रे : काभ्रे जिल्लाको चौरीदेउराली गाउापालिकामा नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा राजु चौलागाई सहित २९ सदस्यीय समितिमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।
शनिबार भएको तेस्रो गाउँपालिका सम्मेलनबाट सम्मेलनबाट उपाध्यक्षमा गंगा बहादुर लामा र चन्द्रमान तामाङ, महिला उपाध्यक्षमा दुर्गा चौलागाइ सचिवमा खिमन्द गौतम, सह सचिवमा श्रीकृष्ण राज गिरी र कोषाध्यक्षमा बिष्णु शाक्या सर्वसम्मत चयन भएको हो ।
सदस्यहरुमा जेमान लामा, मनोज प्रधान, अनिशा तामाङ, मोहान प्र। गौतम, केशव कुमार गौतम, दुर्गा श्रेष्ठ, चलाख सिं लामा, सानिमाया रूम्बा, छविलाल गौतम, सुदर्शन गौतम, दिल ब। लामा, कमान पहरी, पुन्य प्र।चौलागाई, सुकविर वि।क।, शुशिला घिसिङ, माधव रेक्मी, रामहरि गौतम, प्रतीक्षा लामा, संगिता श्रेष्ठ,जय सिं ढाकुर, भरत कु। श्रेष्ठ र दिल ब।लामा लगायत चयन भएका छन् ।
प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य एवं बागमती प्रदेशको माननीय रत्न प्रसाद ढकाल,बिशेश अतिथि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य एवम् चौरीदेउराली गाउँ पालिका अध्यक्ष रेणुका चौलागाईं, विशेष अतिथि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील) एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपमहासचिव झम्क प्रसाद चौलागाईं, अतिथि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सदस्य होमबहादुर खुलाल, संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष दुर्गा सिं लामा, जिल्ला अध्यक्ष चेत बहादुर लामा,नेकपा (माओवादी केन्द्र) को चौरीदेउराली गाँउ समिति अध्यक्ष तेज पन्त, गाउँ पालिका प्रवक्ता एवं ८ नम्वर वडाका अध्यक्ष धन लामा र विद्यार्र्थी नेता सगार गौतम लगायतका नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता कमल तामाङ गर्नुभएको थियो भने सञ्चालन नविन किशोर राईले गर्नुभएको थियोे र कार्यक्रममा स्वागत मन्तव्य शिक्षक लक्ष्मी लामा दिनुभएको थियोे। सम्मेलनमा पूर्व गाउँ पालिका उपाध्यक्ष तारा देवी चौलागाईं गौतम र नेकपा (माओवादी केन्द्र) चौरीदेराली गाउँ समिति सचिव विनोद घिसिङ लगायतका नेताहरुको उपस्थित रहेको थियो।