काठमाडौ । आम दर्शकले सर्वाधिक रुपमा रुचाएको चर्चित गायक गायिका बिश्व दोङ र सुमिना ल्होको सुमधुर आवाज रहेको ल्होछार गित “दिङ्गीरि खाबा ल्होछार” गित बजारमा सार्वजनिक भएको छ ।
तामाङ जातिको महान राष्ट्रिय पर्व मन्जुश्री संम्वत २८६०औं सोनाम ल्होछार डुक (मु पुख्री ल्होे) को
अवसरमा “दिङ्गीरि खाबा ल्होछार” तामाङ गित बजारमा ल्याएको हो।
ल्होछार गितमा राजकुमार थिङको शब्द र संगीत रहेको दिङ्गीरि खाबा ल्होछार गितमा म्युजिक अशोक तामाङको रहेको छ भने अडियो एरेञ्जर मिक्सिङ अर्पण थिङको रहेको थियोे ।
उक्त म्युजिक अडियो अर्पण थिङ स्टुडियो अफिसियल च्यानलबाट बजारमा सार्वजनिक भएको हो।