काठमण्डौं : बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यू समक्ष थारु आयोगका माननीय सदस्य श्री शान्ती मोदीद्वारा नेपालको संविधानको धारा २९४ को उपधारा ९३० अनुसार थारु आयोगले आ.ब. २०७९/०८० मा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको पाँचौँ वार्षिक प्रतिवेदन बुझाइएको छ ।
थारु आयोग ले गरेका कामहरुमा हाल सम्म राज्यलाई गरेका शिफारिसहरुका सम्बन्धमा जानकारी
हाल सम्म अनुगमन अनुसन्धान र अध्ययन गरि प्रकाशित पुस्तक र पुस्तिकाहरु थारुका संस्कृति, संस्कार, प्रथा, प्रचलन, कला र इतिहास संरक्षण संबर्धन सम्बन्धमा जानकारी का साथै थारु समुदाय का समपदा माथीको अतिक्रमन र कमैया,कमलरीको अवसथा र राज्य र कानुनी अवस्था र समस्या बारे समेत जानकारी गराउदै प्रतिवेदन बुझाइएको थियो । मोदीद्धारा सम्बन्धीत पक्षलाई समेत आवाज पुर्याई दिन समेत अनुरोध गरिएको छ ।
उक्ता प्रतिवेदन बुझाउन सहयोग गर्नेमा आयोग सचिव श्री कृष्णकान्त उपाध्याय, उप सचिव श्री अन्जु सिंह र कर्मचारीहरुमा साधना ओली, दिर्घमान तामाङ, शिवगोपाल चौधरी र साथमा पत्रकार नवराज अधिकारी लगाएत रहेको थियो ।