खानीखोला, काभ्रेः जिल्लाको खानीखोला गाउँपालिका–४ स्थित् फुलडाँडामा रहेको वीर आधारभूत विद्यालयको अभिभावक भेला तथा अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बसेको भेला तथा अन्तक्रियात्मक कार्यक्रमले गणित, नेपाली र अंग्रेजीको अतिरिक्त कक्षा संचालन गर्ने निर्णय गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक भरत लामाले विद्यालयको शैक्षिक गुण्स्तरलाई सुधार गरि पठनपाठनलाई थप मजबुत बनाउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेको बताए । शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरिक घुलमिलले विद्यार्थीको अध्ययनमा थप मद्दत पुग्ने अपेक्षासहित वनभोजको समेत गर्न लागेको उनको भनाई छ ।
प्रअ लामाले आगामी दिनमा यसलाई प्रभावकारी कार्यन्वयन गर्दै विद्यार्थीको हितमा अझ थप कार्यक्रम गर्दै जाने बताउँदै यसको अभिभावक तथा सरोकारवालाको व्यापक रुपमा सहयोगको आवश्यक रहेको बताए । उनले अभिभावकले आफ्नो बालबच्चाको विषयमा गम्भीर भएर नसोचिदिँदा विद्यालयमा शिक्षकले पढाएको भरमा मात्रै पढार्य सुधार नहुने बताए ।
उनले घरमा आफ्नो बालबच्चाले होमर्वक गरे नगरेको जाँच गरी पढ्ने वातारण सिर्जना गर्नुका साथै विद्यालयमा समेत उपस्थित भई उनीहरुको पढाईको बारेमा समेत बुझ्न आग्रह गरे ।
विद्यलायका प्रअ लामाका अनुसार अभिभावक भेला तथा अन्तक्रियात्मक कार्यक्रमले तीन विषयको अतिरिक्त कक्षा सञ्चालनसँगै विद्यालयको निर्माण हुन बाकी पुर्वाधारहरु सम्पन्न गर्ने र माघ १९ गते शिक्षक, अभिभावक र विद्यार्थी सहितको संयुक्त वृहत् वनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छन् ।
शिक्षक अभिभावक संघका अध्यक्ष टिकाराम वाइबा प्रमुख अतित्थता तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ज्ञान बहादुर थिङको. सभापतित्वमा रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक विष्णु दाहालले गर्नु भएको थियो ।
भेला तथा अन्तरक्रियामा समितिका पदाधिकारीसँगै अभिभावक तथा बुद्धिजीवि पदमबहादुर मोक्तानसहित अभिभावक, स्थानीय बुद्धिजिवी र विद्यार्थीको सहभागिता रहेको थियो । भेला तथा अन्तरक्रिया विद्यार्थी र अभिभावकसहितको उपस्थितिमा बसेको थियो ।