जीवन तामाङ
बेथानचोक काभ्रे : काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नम्वर ५ च्याल्टीमा वृहत सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । बेथानचोक नेपाल तामाङ घेदुङ गाउँ कार्यसमितिको आयोजनामा माघ २३ गते मङ्लवार सोनाम ल्होछारको अवसरमा वृहत सोनाम ल्होछार तथा सांस्कृतिक कार्यक्रम हुने गाउँ कार्यसमितिका अध्यक्ष देवचन्द्र वाइवाले जानकारी दिए ।
सोनाम ल्होछार माघ २७ गते भएपनि सबै ठाउँमा ल्होछार कार्यक्रम हुने भएकोले समितिले अगाडी कार्यक्रम राखेको समेत अध्यक्षले जानकारी दिए । विगत बर्षदेखि सुरु गरेको समितिले यस बर्षपनि ल्होछार कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन हुने भएको यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा विभिन्न जातजाती र जिल्ला तथा देश विदेशमा रहेका तामाङ जातीहरुलाई आफुले आफ्नो क्षेत्रबाट गर्न सक्ने सहयोग तथा बेथानचोक गाउँपालिका साथैे गाउँपालिका भित्र छरिएर वसोवास गरिरहेका सम्पुर्ण तामाङ जातीहरुलाई सहभागी भई कार्यक्रमलाई भव्याताका साथ सम्मन्न गर्नको लागि सहयोग गरिदिन समेत वाइवाले अनुरोध गरे ।
कार्यक्रममा ख्याति प्राप्त कलाकार साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने छ । यस क्षेत्रमा विभिन्न जातजाती भाषा, धर्म, संस्कार संस्कृतिहरु रहेको तर सरोकारवाला निकायहरुले यसको संरक्षण तथा प्रवद्र्धनमा चासो नदिएकोले त्यस्ता खालका संस्कार संस्कृतिकोहरुको संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको हो ।