खानीखोला काभ्रे : जिल्लाको खानीखोलामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जना घाइते भएको छ । खानीखोला गाउँपालिका-५ स्थित सल्मेको सिर्जन राउत घाँस काट्ने क्रममा मंगलबार रुखबाट लडेर घाइते भएको हो ।
समाजसेवी तथा नेकपा (माओवादी केन्द्र) खानीखोलाका सचिव राजन अधिकारीले विहानको समयमा घरदेखी केही पर रुखको घाँस काट्दै गर्दा झरेर घाइते भएको जानकारी दिए । घाइते राउतको अहिले उपचार भइरहेको भए पनि अवस्था भने जटिल नै रहेको उनले भनाई छ ।
समाजसेवी अधिकारीले घाइते भएको खबर प्राप्त हुनसाथ गाउँपालिकाको एम्बुलेन्स मार्फत उद्धार गरि उपचारको लागि अस्पताल पुर्याइएको बताए । उनको अनुसार घाँस काट्ने क्रममा रुखबाट झर्दा अर्को रुखमा ठोक्किएर सख्त घाइते राउतको स्पाइनलमा समस्य देखिएको छ । घाइते राउतको सदरमुकामस्थित धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।