काभ्रेः जिल्लाको बनेपा नगरपालिका–९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष बादेलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो।
अख्तियारले वडाध्यक्षसँगै रहेका बा. ७च १२९ नम्बरको कारका चालक बाह्रबिसे नगरपालिका–७ मिलनटार स्थायी ठेगाना भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको छ। बाटो सिफारिसका लागि उनले घुस लिएको आयोगले जनाएको छ ।