खानीखोला, काभ्रेः नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिकाको ७ वटै वडाको वडा सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्र खानीखोला गाउँपालिका समितिका अध्यक्ष अविरल जिम्बाले पालिकाभित्रका सबै वडामा जनताको उत्साहजनक उपस्थितिमा वडा सम्मेलन सम्पन्न भएको जानकारी दिए ।
अध्यक्ष जिम्बाका अनुसार प्रत्येक वडामा फरकफरक मितिमा छुट्टाछुट्टै रुपमा वडा सम्मेलन गरिएको हो । सम्मेलनबाट खानीखोला गापाको वडा नं. १ मा माओवादी केन्द्र वडा कमिटीको अध्यक्षमा चर्चित तामाङ र सचिवमा बाबुलाल ब्लोन निर्विरोध चयन भएको छ ।
त्यस्तै माओवादी केन्द्र खानीखोलाको सचिव राजन अधिकारीले खानीखोला–२ को वडा कमिटीको अध्यक्षमा राजकुमार भोलन र सचिवमा तिर्थ लामा, वडा नं. ३ को वडा कमिटीको अध्यक्षमा युवराज थापा मगर र सचिवमा जित बहादुर भोलन सर्वसम्मत चयन भएको छ ।
माओवादी केन्द्र खानीखोलाको सचिव अधिकारीका अनुसार वडा नं. ४ को वडा कमिटीको अध्यक्षमा श्याम बहादुर लोप्चन र सचिवमा भरत तामाङ, वडा नं. ५ को अध्यक्षमा खड्ग बहादुर बि.क र सचिवमा रविन आचार्य चयन भएका छन् ।
त्यसैगरी खानीखोला गापा वडा नं. ६ को वडा कमिटि अध्यक्षमा दल बहादुर राना र सचिवमा दैबलाल थिङ र वडा नं. ७ को वडा कमिटीको अध्यक्षमा वीर बहादुर घिसिङ र सचिवमा घनश्याम मोक्तान रहेका छन् ।
सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ (छिन्ताङ), माओवादी केन्द्र काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल) लगायतले फुलमालाले स्वागतसहित प्रवेश गराएका छन् ।
खानीखोलामा माओवादी केन्द्रको तीन महिने अभियनदेखि वडा सम्मेलनसम्म करिब २ सय बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् ।
सम्पुर्ण वडाको वडा कमिटी अध्यक्षदेखि सदस्य सम्म पुर्णमा रुपमा गठन भएको माओवादी केन्द्र खानीखोला कमिटीले जनाइएको छ । माओवादी केन्द्र खानीखोला कमिटीले वडा सम्मेलनलाई अभियानकै रुपमा अघि बढाई सम्मन्न गरेको हो । खानीखोलाको अधिकांश वडामा जबस मोर्चाहरु समेत गठन भइसकेको छ ।