Indreni Mala
                                                         
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
TRENDING
#काभ्रे #अपराध #फरार #मृत्यु #प्रहरी #समाज #समाचार अपराध
  • होमपेज
  • समाचार
  • विजनेस
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • लुम्बिनी
    • गण्डकी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मनोरञ्जन
  • राजनीति
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • संस्कृति र कला
  • स्वास्थ्य
No Result
View All Result

Logo
                                                         
No Result
View All Result

खानीखोलामा मगर समुदायले मौलिक संस्कृतिसहित मनाए माघे संक्रान्ति

खानीखोला, काभ्रेः जिल्लाको विकट खानीखोला गाउँपालिका–३ स्थित् भाङ्टारमा मगर समुदायले माघे संक्रान्ति मनाएका छन् । नेपाल मगर संघ खानीखोला गाउँपालिकाको आयोजनामा मगर मौलिक साँस्कृतिक कार्यक्रमसहित माघे संक्रान्ति मनाएका हुन् ।

नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रूपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ । यस पर्वको अवसरमा मगर समुदायका मानिसहरु आफ्नो परम्परागत पोशाक लगाएर सामूहिक रूपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ ।

मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड माघे संक्रान्ति विशेष कार्यक्रममा आफ्नै जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर मगरहरूले संस्कृति झल्कने मारुनी, कौरा, चुड्का, घाटु लगायतका नाचका साथै ख्यातिप्राप्त  कलाकारहरुले समेत प्रस्तुती राखेका थिए । गायिका सरिता थापा मगरले आफ्नो प्रस्तुतीद्धारा कार्यक्रममा सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिइन् । कार्यक्रममा आफ्नो संस्कार र संस्कृतिअनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो ।

कार्यक्रममा खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले आफ्नो पहिचानसँग जोडिएको धर्म, संस्कृति र परम्परालाई जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लैजानु पर्ने बताए । गाउँपालिकाले पालिकाभित्र रहेका सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्न आफुहरु लागिपरेको र यसको लागि गाउँपालिकाले सहयोग गर्दै आएको उनको भनाई छ ।

मगर संघ खानीखोलाको अध्यक्ष कुमार दलार्मी मगरले माघे संक्रान्ति चाड मगर समुदायको पनि मुख्य चाड भएसँगै परम्परादेखि नै मनाउँदै आएको पर्व, मगरको पहिचान र संस्कृतिलाई बचाउनको लागि कार्यक्रम आयोजना गरिएको बताए । माघे संक्रान्तिको लागि खानीखोला गाउँपालिकाको आर्थिक सहयोग रहेको छ । गतवर्ष मगर समुदायले माघे संक्रान्ति समुहिक रुपमा खानीखोला–७ महाँकालमा मनाइएको थियो । प्रत्येक वर्ष फरक–फरक ठाउँमा मनाउने उद्देश्यसहित यसपटक भाङ्टारमा मनाइएको मगर संघ खानीखोलाले जनाइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङसँगै खानीखोला गापाको उपाध्यक्ष दोर्जेमान जिम्बा, बेथानचोक गापाको उपाध्यक्ष तारा राना मगर, वडा अध्यक्ष सागर जिम्बा, सञ्चमान थिङ, बुद्धिबहादुर स्याङ्तान, निशान मोक्तानसहितका जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए । कार्यक्रममा मारुनीका नृताङ्गेहरुसँग गाउँपालिका अध्यक्ष थिङ र वडा अध्यक्ष जिम्बाले नाचेर साथ दिएका थिए ।

के हो माघे संक्रान्ति ?
मगर समुदायको वुद्धिजिवीहरुका अनुसार माघे संक्रान्ति चाड विशेषगरी चेली पर्वको रूपमा मनाइन्छ । यस दिन छोरी चेलीहरूलाई मिस्रा दिने गरिन्छ । घरमा आउन नसके पठाउने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरू, भुजौरी, खिचदी, घिऊको मिश्रित परिकार हो ।

नयाँ यामको सुरुवात यसै दिनदेखि उभौली सुरु भई साउने संक्रान्ति समापन भई सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा चेलीहरूले मुल्को पानी र जमरा स्वरुप जौंको पूmल लिएर घरको धुरी र खाँबोमा पूजा गर्ने गरिन्छ । यो दिन छोरी चेलीहरूलाई पनि पुजिन्छ ।

यो चाडको बेला टिका लगाई दक्षिणा दिइन्छ । सबै आफन्तहरू भेटघाट गरी हुर्रा, सोरठी, कौडा, मारुनी, पैस्यारु नाच गरी यो चाड ठाउँ अनुसार तीन दिनसम्म मनाउने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । सामान्यतयाः सुर्यले सबै राशिलाई प्रभावित गरे पनि सुर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिनदेखि सुर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । तैपनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

नेपाल मगर संघ काभ्रेका अध्यक्ष शम्सेर राना मगरले मगर समुदायमा माघे संक्रान्तिको सांस्कृतिक र सामाजिक हिसाबले विशेष महत्व रहेको बताए । ‘यो चाडको प्राकृतिक र सांस्कृतिक महत्व छ’, उनले भने, ‘मगर समुदायले मात्रै नभई अन्य जातिहरूले पनि आजको दिन तरुल, चाकु र विभिन्न परिकारहरू खाएर यो चाड मनाउने गर्छ ।’

सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरू (चर्को आवाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेसीबाट लेकतिर बसाई सर्ने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया !

Indreni Mala

Indreni Mala

संबन्धित समाचार

बेथानचोकमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध जेष्ठ कम्युनिष्ट मंच गठन एवम् सम्मान कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे  बिद्यालय भवनको  शिलान्यास कार्यक्रम सम्पन्न

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाद्वारा  ४ कोठे बिद्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

प्रकृति लम्सालको न्यायको मागमा अखिल (क्रान्तिकारी) काभ्रेको कडा विरोध प्रदर्शन

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

खानीखोला गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुमारी मा.बि. प्रथम

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

नेकपा माओवादी केन्द्र धुलिखेलको अध्यक्षमा सुरेन्द्र महत चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

माओवादी केन्द्र पनाैतीको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन: हस्त ब.तामाङ चयन

नेपालीहरुको महान पर्व दशैको शुभकामनानेपालीहरुको महान पर्व दशैको शुभकामना
ADVERTISEMENT
ward5
ward5
ward5

ताजा समाचार

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

बुद्ध जयन्तीका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

अमेरिकास्थित नेजाको नवौं अधिवेशन लस भेगसमा हुदै,निर्मला शर्माले उद्घाटन गर्ने

Load More
ward5
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्षमा पुन: सुजन निर्वाचित

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

सन्चार क्षेत्र नेपाली राजनीतिबाट अछुतो नहुँदा प्रभावकारी पत्रकारिता मर्दै, आर्थिक रुपमा संकट :अध्यक्ष शर्मा

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

दुई तिहाईको सरकारको हालत रुझेको विरालाको जस्तोःअध्यक्ष दाहाल

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका ट्रम्पको दाबी

सम्प्पर्क ठेगाना

इन्द्रेणीमाला दृष्टि प्रा.लि.द्वारा प्रकाशित
इन्द्रेणीमाला डटकम

काठमाडौँ
 +9779745604280 |   +97701665539
 info@indrenimala.com
 indrenimala@gmail.com

हामी पूर्णतः कानुनी छौँ

  • सूचना विभाग दर्ता नं. : ४३४५-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४३४२-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२६१८०/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९८३६७१३

हाम्रो बारेमा

  • हाम्रो टिम
  • हाम्रो बारेमा (विस्तृत)
  • प्रिती – युनिकोड
  • Preeti / Unicode

© 2022 - 2024 All copyrights reserved to Indreni Mala | Developed By Himalayan Host