काभ्रे : काभ्रे जिल्लाको बनेपामा आईतबार भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बनेपा नगरपालिक प्रथम भएकोमा बनेपाले १५ स्वर्ण, ७ रजत र १० कास्य पदक हात पारेको छ ।
त्यसै गरि पनौती नगरपालिकाले १४ स्वर्ण १२ रजत र २० कास्यसहित दोस्रो स्थान हासिल गरेको छ । भने पाँचखाल नगरपालिकाले ९ स्वर्ण, १५ रजत र ९ कास्य प्राप्त गरी तेस्रो स्थानमा चित्ता बुझाएको छ । तेक्वान्दो खेलमा पनौती नगरपालिका प्रथम, धुलिखेल नगरपालिका दोस्रो र चौरीदेउराली गाउँपालिका तेस्रो भएका छन् । करातेतर्फ बनेपा नगरपालिका प्रथम, पनौती नगरपालिका दोस्रो र पाँचखाल नगरपालिका तेस्रो भएका छन् । छात्र भलिबलतर्फ खानीखोला गाउँपालिका प्रथम, बेथानचोक गाउँपालिका दोस्रो र रोशी गाउँपालिका र मण्डनदेउपुर नगरपालिका तेस्रो भएका छन् ।
कबड्डीतर्फ छात्रामा बनेपा नगरपालिका प्रथम, पाँचखाल नगरपालिका दोस्रो र पनौती नगरपालिका तेस्रो भएका छन् भने पुरुषतर्फ बनेपा नगरपालिका प्रथम, पनौती नगरपालिका दोस्रो र मण्डनदेउपुर नगरपालिका तेस्रो भएका छन् ।
विजयी खेलाडी र पालिकाहरुलाई बागमती प्रदेश सभा सदस्य रुकु चौलागाई र खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानविर लामा लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
भलिभल छात्रा तर्फ र एथलेटिक्स खेलको अन्तिम परिणम घोषणा गरिएको छैन । भलिभल छात्रा तर्फ धुलिखेल नगरपालिका र महाभारत गाउँपालिका बिच फैनल खेल सुरु भएपनि बिचमा रोकिएको थियो । खेलाडी बिरुद्ध प्रोटेक्स उजुरी परे पछि उक्त दुई खेलको फैनल खेल हुन सकेको छैन ।