खानीखोला, काभ्रेः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) खानीखोल गाउँपालिकाको तेस्रो सम्मेलनले अध्यक्षमा सरिता तिमल्सिनालाई सर्वसम्मत चयन गरेका छ । शनिवार खानीखोला–५ स्थित् ताल्ढुंगामा सम्पन्न सम्मेलनले तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका कमिटी समेत गठन गरेको हो ।
सम्मेलनबाट उपाध्यक्षमा सुनिता घिसिङ, सचिवमा सृष्टि दर्लामी, सह–सचिवमा नविना वाईबा, कोषाध्यक्षमा लक्ष्मण राना रहेका छन् । त्यस्तै सदस्यहरुमा बेनि माझी, नवराज थिङ, अर्चना श्रेष्ठ, निर्मला थिङ, रञ्जित बल, रशिला थिङ, विकास थोकर, रश्मी हुमागाईं, सुनिता गोले, छेवाङ लोप्चन, विशाल मोक्तान, सुनिता वाईबा, मनोज मोक्तान र निर्मला गोले चयन गरेका छन् ।
सम्मेलनमा प्रमुख अतिथि अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष पञ्च सिंहले माओवादी जनयुद्धको जगमा आएको परिवर्तनले हरेक समुदायकमा जन्मेका छोरीले सत्तातिर दुष्टि लाउन नपाउने परिस्थितिको अन्त्य गर्दै जनताको छोराछोरीले देशको प्रधानमन्त्री, राष्ट्रपति बन्न सक्ने व्यवस्था गरेको बताईन ।
मुलुकको जनताले फेर्ने स्वतन्त्रको श्वाससँग सहिदको रगत र पसिना मिष्सिएको बताईन् । उनले जनयुद्ध तकका विद्यार्थीले बन्दुक बोकेर व्यवस्था परिवर्तनको लागि लाग्यौ आजका विद्यार्थीले असल सुशासनको लागि औँला उठाउनु पर्ने बताइन् ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिव ईन्द्रबहादुर थिङ (छिन्ताङ)ले विद्यार्थी परिवर्तनको संवाह भएकाले उर्जावान विद्यार्थी सदैव परिवर्तनको पक्षमा उभिनु पर्नेमा जोड दिए । सम्मेलनमा माओवादी केन्द्र काभ्रेका सचिव दैवलाल घिसिङ (अनुशिल), अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष मदन भुसाल, नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका अध्यक्ष अविरल जिम्बा, मनिता थिङ, निशान मोक्तानले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा नेताहरु सिर्जना थिङ, राजन अधिकारी, मनिता थिङ, निशान मोक्तान, बुद्धि बहादुर स्याङ्तान, देवान सिं लमा, अनेरास्ववियू (क्रान्तिकारी)का काभ्रे जिल्ला इन्चार्ज निर्मला गौतम, उपाध्यक्ष विवश लामा लगायतको उपस्थिति रहेका थिए ।
सम्मेलन सफल र व्यवस्थित बनाउन अनेरास्ववियू (क्रान्तिकारी) काभे्रको कोषाध्यक्ष विकास वाईबा र जिल्ला कमिटी सदस्य देशभक्त रुम्बाले व्यवस्थित र भव्य बनाउन विशेष भुमिका खेलेको सम्मेलनमा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेका थिए ।
यसको संगठनको केन्द्रिय अध्यक्ष पञ्च सिंहले खुलेर प्रशंसा समेत गरेको थिइन् । उनले भौगोलिक रुपले विकट क्षेत्रमा विद्यार्थीको उत्साहजन उपस्थितलाई समान्य मान्न नसकिने र यसले माओवादी केन्द्रबाट नै परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको दाबी गरे । सम्मेलनमा ५ घण्टा हिडेर समेत विद्यार्थीहरु सहभागी भएका थिए ।