बेथानचोक काभ्रे : काभ्रे जिल्लाको बेथान्चोक गाउँपालिका वडा नम्बर २ मा अवस्थित पाटनेखोला साँघु मुखको पुल निर्माण कार्यको सहरी विकास मन्त्री सिता गुरुङले शुक्रवार शिलान्यास गरिएको छ ।
चालु आर्थिक वर्षका लागि उक्त सडक निर्माणमा विभिन्न शीर्षकमा २ करोड ७५ लाख रकम विनियोजन भएको छ । उक्त पुल निर्माणसँगै प्रस्तावित सहायक राजमार्ग बेथान्चोक गाउँपालिकाको ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी –अँघेरी–झुरझुरेसम्मको सडक निर्माणले गति लिएको छ । उक्त खोलामा बन्ने पुल २० मिटर लामो हुनेछ ।
भ्याटसहित ४ करोड ५६ लाख ६४ हजार १ सय ३२ रुपैयाँको लागतमा उक्त पुल निर्माण हुनेछ । सडक डिभिजन कार्यालय भक्तपुर मार्फत २०८० कार्तिक २३ गते सम्झौता भएको आयोजना २०८१ कार्तिक २२ गते सम्पन्न हुने गरी खम्पाचे–गोल्मादेवी इन्जिनियरिङ जेभीले ठेक्का लिएको छ ।
बेथान्चोकको पाट्ने खोला साँघुको मुख ढुंखर्क पुल निर्माणको शिलान्यास गर्दै मन्त्री गुरुङले प्रदेशको राजधानी जोड्ने उक्त सडकलाई वैकल्पिक राजमार्गका रूपमा मन्त्रालयले प्रस्ताव समेत गरेको उनले बताइन ।
अध्यक्ष भगवान अधिकारीले बेथान्चोकलाई शिक्षा, सडक, पुल, सिंचाई, पर्यटन, कृषि तथा पशुपालनबाट समृद्ध बनाउने अभियानमा सक्रिय रहेको बताए । उक्त सडक निर्माण कार्यको प्रारम्भ भएसँगै बेथान्चोकलाई दुई मार्गको बिचमा सहज र सरल यात्राका लागि वैकल्पिक मार्ग बनाउने प्रयास सफल भएको बताए ।
बेथान्चोकबाट उक्त स्थानसम्म सडकको एकहोरो ट्रयाक खोलिसकिएको बेथान्चोक गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । उक्त खण्डको लम्बाई ३८ किमी छ । बागमती खोलामा पुल बनाउँदा सडक प्रदेश राजधानी पुग्न सहज हुने उनले बताए ।