काभ्रे : जिल्लाको भमरकोटस्थित् माक्र्सवादि अध्ययन प्रतिस्ठान नेपालको पुर्ब क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन भएको छ । शनिबार बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्माण लम्सालले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेको हो ।
कार्यक्रममा मन्त्री लम्सालले माक्र्सवादी अध्ययन नेपाल आवश्यक रहेको औल्याउँदै प्रतिष्ठानलाई सहयोग गर्दै आएकोले अब कानुनी रुपमा दर्ता गर्न सुझाए । उनले प्रतिष्ठानले नेपालमा शिक्षा, स्वास्थ्यको हक अधिकार कानुन लगायतको विषयमा जनचेतना जगाइ गरिब, मजदुर, किसानको जिबिकोपार्जनमा परिवर्तन ल्याउने कुरामा सहयोग गर्दै अघि बढ्नु पर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष दिनेश चौलागाईंले नेपालमा कक्षा ३ देखि १२ सम्म एक सय पुर्णाङ्कको भ्रष्टाचार नियन्त्रण शिक्षा १०० पुर्णाङकको नैतिक ब्याबसायी शिक्षा पढाउन प्रधानमन्त्रीको कार्यालय मार्फत् शिक्षा बिभागमा तुरुन्तै पाठ्यक्रम बनाएर लागू गर्न ज्ञापनपत्र समेत बुझाएको जानकारी दिए । नेपालमा माक्र्सवादी विश्वविद्यालय खोल्न आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा उपाध्यक्ष श्रीराम खाइजु, संस्थाका महासचिव प्रर्लाद लामिछानेले देशमा भएको भ्रष्टाचार र कमिसन तन्त्र तुरुन्तै निर्मुल हुनु पर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार बुद्धिमान तामाङ र गोपिकृष्ण थपलियाल लगायतले नब निर्बाचित माक्र्सवादी अध्ययन प्रतिस्ठान केन्द्रिय कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरे ।