खानीखोला, काभ्रेः जिल्लाको खानीखोला गाउँपालिका–५ ताल्ढुंगास्थित् सुर्यमुखी बचत तथा ऋण सहकारी संस्था लि. को १७औ वार्षिक साधरणसभा सम्पन्न भएको छ । विहीबार खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)को प्रमुख अतिथ्यतामा सुर्यमुखी साकोसको १७औँ साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङले खानीखोलाका जनताको आर्थिक समृद्धिमा सुर्यमुखी साकोस महत्वपुर्ण योगदान रहेको बताए । उनले पछिल्लो समय सहकारी क्षेत्र संकटमा पार्दै गएको बेला सुर्यमुखी साकोसले भने खानीखोलाबासीको मात्रै नभई आम नागरिकको मन जित्दै गएकोमा खुशी व्यक्त गरे ।
अध्यक्ष थिङले साकोसले सदस्यमा ऋण स्वरुप आर्थिक उपलब्ध गराउँदा धेरै नागरिक उत्पादन क्षेत्रमा कर्जा लिएको रकम प्रयोग गरी स्वरोजगार बनेको आफुले देखिएको बताए ।
सुर्यमुख साकोसको अध्यक्ष सुरेश तिमल्सिनाले संस्थालाई शेयर तथा बचतकर्ता सदस्यहरुको मन जित्दै अझ थप उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । संस्थामा सदस्यहरुको बचत सुरक्षित रहेको र बजारमा सहकारीमाथि चलेको जस्तो कुनै आफ्नो साकोसमा कुनै जोखिम नभएको बताए ।
साकोसको अध्यक्ष तिमल्सिनाले साधारणसभालाई भव्य र सव्य रूपमा सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने शेयर तथा बचतकर्ता सदस्य लगायत कार्यक्रमको सोभा बढाईदिनु हुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
साधारण सभामा गाउँपालका अध्यक्ष थिङसँगै विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेका थिए ।